जोखिमप्रति चौतर्फी उदासिनता (सम्पादकीय)

जोखिमप्रति चौतर्फी उदासिनता (सम्पादकीय)

अपन दैनिक
असोज २१, २०७७ मा प्रकाशित
७९ पटक पढिएको
जोखिमप्रति चौतर्फी उदासिनता (सम्पादकीय)

कोरोना कहरको नयाँ हटस्पट राजधानी काठमाडौं बनेको छ । यस अघि पर्साको विरगंज कोरोना कहरको हट स्पट बनेको थियो । त्यहाँ पछिल्लो समय संक्रमितको संख्यामा कमी आएको छ, भने सजगता अपनाउनेमा अग्रसरता देखिएको छ ।
सार्वजानिक यातायात खुलेसँगै देशभरीबाट राजधानी काठमाडौं जानको घुईचो लागेको छ । दशैं आउन लागेर पनि व्यवसायिक दृष्टिकोणले कुना कप्चावाट व्यवसायीहरु पनि राजधानी पुग्ने गरेका छन् । पछिल्ला समयमा दैनिक जसो ७ सयको हाराहारीमा राजधानीमा कोरोना संक्रमितको संख्या देखिने गरेको छ ।
यता सिरहा जिल्ला भारतसँग जोडिएर र नाका बन्द गरेपनि दैनिकजसो ठूलो संख्यामा ओहोरदोहार भैरहँदा थप संक्रमणको जोखिम छ । त्यससँगै दशैंको विदा पूर्वनै घर आउनेको संख्या विस्तारै बढ्न थालेको छ । घर आउनेमाथि कुनै तवरबाट निगरानी भैरहेको छैन् ।
दैनिक जसो रात्रीबस, दिवा सेवका वस, बाईक, प्लेन जस्ता यातायातका माध्यमको प्रयोग गरी काठमाडौंबाट आउने क्रम जारी छ । यसले अगामी दिनमा थप जोखिमका संकेत गरेको छ । जसरी काठमाडौं जाँदा बाटोमा पिसिआर जाँचका रिर्पोटको आवश्यकता थियो, अहिले त्यसैगरी प्रदेश २ र विशेषगरी सिरहा जिल्ला आउदाँ त्यस्तै रिर्पोटका वारेमा जिज्ञासा वढेको छ । 
काठमाडौंमा देखिएको कोरोना संक्रमणको तथ्यांक अनुसार सिरहा आउनेलाई कोभिड–१९ को जोखिम समुदायमा नबढोस भन्दै होम क्वारेन्टाईन हुनु अति आवश्यक छ । परीक्षण नै घट्दो क्रममा भएकोले यकिन तथ्यांक सार्वजनि हुन सकेको छैन् । यसैले पनि काठमाडौबाट सिरहा आउनेलाई आफ्नो परिवार र समुदायको सुरक्षाको निम्ति पनि होम क्वारेन्टाईन वा सामुदायिक क्वारेन्टाईनमा बस्नु उपर्युक्त हुन सक्छ । यस विषयमा जिल्ला स्तरीय कोभिड–१९ नियन्त्रय रोकथाम समितिले पनि बेलैमा ध्यान पुर्याउन जरुरी छ ।

छापा संस्करण

२०७७ मंसिर १० बुधवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित