मेयरलाई सर्वदलीय दबाब (सम्पादकीय)

मेयरलाई सर्वदलीय दबाब (सम्पादकीय)

अपन दैनिक
असोज २०, २०७७ मा प्रकाशित
१२२ पटक पढिएको
मेयरलाई सर्वदलीय दबाब (सम्पादकीय)

जनताले तिरेको करबाट देशमा तीन तहको सरकार चलेको छ । संघीयता आएसँगै देशमा तीन तहको सरकार कार्यान्वयनमा आएको छ । जनतासँग प्रत्यक्ष जुडेको भनेको स्थानीय सरकार हो । 
प्रदेश २ मा तेस्रो चरणमा निर्वाचन हुँदा १३६ स्थानीय तहमा जनप्रतिनिधी चुनिएका थिए । त्यो चुनिएको अहिले तीन वर्ष पूरा भैसकेको छ । तीन वर्षमा स्थानीय सरकारहरु बदमान पनि अत्याधिक भएका छन् । यस्तैमध्येका एक हुन, सिरहाको मिर्चैया नगरपालिका । सर्वदलीय संघर्ष समितिले मिर्चैया नगरपालिका र विशेषतः मेयर श्रवण कुमार यादवको कार्यशैलीप्रति तिव्र आक्रोश सहित आन्दोलित हुनु परेको छ । 
सर्वदलीय समितिले मेयर र नगरपालिकालाई सुशासन, पारदर्षितासँगै जवाफदेही बनाउन संघर्षका दुई चरणका कार्यक्रम शान्तिपूर्ण रुपमा सम्पन्न गरेको छ । विभिन्न विद्यालयमा व्यवस्थापन समिति चयन, नगर र वडा स्तरीय योजनामा उपभोक्ता समिति चयन, कोभिड–१९ को शिर्षकगत खर्च विवरण जस्ता पारदर्षिता र जवाफदेहीताका निम्ति प्रश्न उठाउनु नाजायत कुरा होईन् । 
तर मेयर र नगरपालिकाले सर्वदलीय संघर्ष समितिले उठाएका जनतासँग जोडिएका विषयवस्तुमा मौनता प्रकट गरेको छ । सहज रुपमा सूचना दिनुको साटो प्रतिकार गर्ने मनसाय राखेका छन् । नगरपालिका र मेयरको यस प्रकारको सोचाईले अगामी दिनमा थप द्वन्द निम्तिन सक्छ । संविधानले नै प्रत्याभूत गरेको सूचनाको हक अन्र्तगतका सवालमा प्रतिकार गर्न खोज्ने कार्य नियोचित हुनै सक्दैन् । यसैले पनि मिर्चैया नगरपालिका र मेयरले सर्वसदलीय समितिले उठाएका विषयहरुको सुक्ष्म समिक्षा गर्नुपर्छ र त्यही अनुसार जनतालाई सूचना दिई आफ्नो उत्तरदायीत्व पूरा गर्नुपर्छ ।

छापा संस्करण

२०७७ मंसिर १० बुधवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित