अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पताल जाँदै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पताल जाँदै

एजेन्सी
असोज १७, २०७७ मा प्रकाशित
१११ पटक पढिएको
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पताल जाँदै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अस्पताल लगिने भएको छ । हिजो दिउँसो कोरोना पुष्टि भएपछि उहाँलाई अस्पताल लगिने भएको हो ।
ह्वाइट हाउसले विज्ञप्ती निकालेर स्वास्थ्य सावधानीको लागि उहाँलाई वाल्टर रीड नेश्नल मिलिट्री मेडिकल सेन्टरमा लैजाने तयारी गरिएको जानकारी दिएको छ । कोरोना सङ्क्रमण पुष्टि भएका ट्रम्पमा लक्षण देखिन थालेको छ ।
उहाँलाई हल्का ज्वरो आउँनुका साथै थकान पनि धेरै महसुस हुन थालेको बीबीसीले जनाएको छ । अमेरिकी राष्ट्रपति चुनाव हुन एक महिना मात्र बाँकी रहेका बेला उहाँलाई कोरोना पुष्टि भएको हो । उहाँले दोस्रो कार्यकालको लागि राष्ट्रपतीय चुनावमा डेमोक्रेटिक पार्टीका जो बाइडेनसँग प्रतिस्पर्धा गर्ने तय भएको छ ।
अब उहाँले केही दिन डाक्टरको सल्लाह अनुसार सावधानी अपनाएर अस्पतालबाट नै सबै काम गर्ने ह्वाइट हाउसले जनाएको छ । आफ्नी ३१ वर्षीया सल्लाहकार होप हिक्सलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि गरिएको परीक्षणमा ट्रम्प दम्पतीकै रिपोर्ट पोजेटिभ आएको थियो ।

छापा संस्करण

२०७७ मंसिर ११ बिहिवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित