सिरहामा आज बिहानै एक अपरिचित व्यक्तिको लास फेला

सिरहामा आज बिहानै एक अपरिचित व्यक्तिको लास फेला

अपन दैनिक
कार्तिक २१, २०७६ मा प्रकाशित
१४७६९ पटक पढिएको
सिरहामा आज बिहानै एक अपरिचित व्यक्तिको लास फेला

अपन दैनिक संवाददाता, सिरहा । सिरहा नगरपालिका वडा नम्बर १२ स्थित कमलानदीको पूर्वी तटबन्धको पूर्वपट्टी आज बिहान एक अपरिचित व्यक्तिको घाटीरेटी हत्या गरिएको अवस्थामा लास फेला परेको छ । 
सिरहा नगरपालिका वडा नम्बर १२ स्थित कमलानदीको पूर्वपट्टी तटबन्ध भन्दा तल अपरिचित व्यक्तिको उमेर करिब ४५–५० वर्षीय पुरुषको घाटीरेटी हत्या गरिएको अवस्थामा लास फेला परेको स्थानीयहरुले प्रहरीलाई खबर गरी जानकारी गराएका थिए ।  
आज बिहान करिब ६/७ बजेको समयमा स्थानीयहरु खेतमा काम गर्न गएको बेला अपरिचित व्यक्तिको हत्या गरी फालिएको अवस्थामा लास हेर्दा प्रहरीलाई खबर गरेपछि प्रहरी हाल घटना स्थलमा पुगी अनुसन्धान गरिरहेको छ भने लासलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल सिरहामा ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । 

Apan Dainik News

छापा संस्करण

२०७८ बैशाख २ बिहिवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित