भोलिदेखि आन्तरिकतर्फ दैनिक ७१ उडानको अनुमति

भोलिदेखि आन्तरिकतर्फ दैनिक ७१ उडानको अनुमति

कुन एयरलाइन्सको भागमा कति ?

अपन दैनिक संवाददाता
असोज १४, २०७७ मा प्रकाशित
१९० पटक पढिएको
भोलिदेखि आन्तरिकतर्फ दैनिक ७१ उडानको अनुमति

काठमाडौं । सरकारले असोज ५ गतेबाट सुरु गरेको आन्तरिक उडानको संख्या बढाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका स्रोतका अनुसार असोज १५ गते बिहीबारबाट लागू हुने गरी आन्तरिक उडानको संख्या बढाइएको हो । तर यो संख्यामा अझै वृद्धि हुनसक्ने प्राधिकरणको भनाइ छ। संख्या थपघट गर्ने अधिकार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलाई समेत दिइएको छ ।
आन्तरिक उडान खुलेसँगै हवाई यात्रुको चाप निरन्तर बढिरहेको थियो । यसअघि प्राधिकरणले २५ प्रतिशत उडान गर्दै आएको थियो भने अहिले बढाएर ३५ देखि ४० प्रतिशत उडान पुर्‍याउने गरी उडान संख्या बढाइएको छ ।
प्राधिकरणका अनुसार यसअघि बुद्धले दैनिक १८ उडान गर्दै आएको बिहीबारदेखि २५ उडान गर्न पाउने छ भने १२ उडान  अनुमति पाएको यतीले अब दैनिक १८ उडान गर्न पाउने भएको छ ।
यसैगरी श्रीले पहिले ६ वटा उडानको अनुमति पाएकोमा अब दैनिक १२ वटा गर्न पाउने भएको छ । यसैगरी सिम्रिक र सौर्यलाई भने दैनिक २ वटा उडानको अनुमति दिइएको छ ।
साथै दुर्गमका उडान गर्ने सीता, तारा र समिटले पनि अब  दैनिक ४/४ वटा उडान गर्न पाउने प्राधिकरणले जनाएको छ । 
यो उडान अक्टोबरभरिका लागि लागू हुने प्राधिकरणले जनाएको छ ।  हवाई सेवा प्रदायक कम्पनीहरुले हवाई यात्रुको चाप थेग्न नसकेको भन्दै उडान संख्या बढाउन प्राधिकरणमा लिखित निवेदन समेत दिएका थिए ।

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित