यस्तो छ कोरोना भ्याक्सिन बनाएको रुसमा संक्रमणको अवस्था

यस्तो छ कोरोना भ्याक्सिन बनाएको रुसमा संक्रमणको अवस्था

एजेन्सी
असोज १२, २०७७ मा प्रकाशित
१८७ पटक पढिएको
यस्तो छ कोरोना भ्याक्सिन बनाएको रुसमा संक्रमणको अवस्था

काठमाडौं । रुसमा कोरोना भाइरसका कारण थप आठ हजार १३५ जना सङ्क्रमित भएका छन् । पछिल्लो २४ घण्टामा थपिएका ती सङ्क्रमितसँगै रुसमा कुल सङ्क्रमितको सङ्ख्या ११ लाख ५९ हजार ५७९ पुगेको अधिकारीहरुले जनाएका छन् ।
सरकारी अधिकारीहरुले सोमबार भनेका छन्, रुसको ८४ क्षेत्रबाट प्राप्त विवरण अनुसार पछिल्लो २४ घण्टामा आठ हजार १३५ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।
उनीहरुमध्ये दुई हजार दुई सय जना अर्थात् २७ प्रतिशत सङ्क्रमितहरुमा मात्रै सङ्क्रमणको लक्षण देखिएको छ ।
राजधानी मस्कोमा मात्रै दुई हजार २१७ जना नयाँ सङ्क्रमित भएका छन् । केही अघिमात्रै रुसले कोरोना भ्याक्सिन बनाएको दावी गरेके थियो ।तर सो भ्याक्सिनलाई विश्व स्वास्थ्य संगठनले मान्यता नदिएपनि सर्वसाधरणलाई लगाउन थालिएको समाचारहरु जनाइएको छ ।

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित