नेपाली काँग्रेसको १४ औं महाधिवेशन मिति टुंगो लागेपछि मधेस सम्मान यात्रामा निस्किएका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग समसामयिक विषयमा पत्रकार सुरेन्द्र कुमार कामतिले गरेको विशेष कुराकानीको सम्पादित अंश ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुर्नस्थापनाको फैसला गरेको छ । यसलाई कस्तो लिनुहुन्छ ?
सर्वोच्च अदालतको संवैधानिक इजलाशको निर्णयले देशलाई राजनीतिक अस्थितरताबाट जोगाएको छ । देशलाई राजनीतिक अस्थिरताबाट जोगाएको छ । संविधानवादलाई बचाएको छ । नेपालमा लोकतन्त्रमाथि जुन खतराको बादल मडरारिन लागेको थियो, त्यसबाट सर्वोच्च अदालतले बचाउ गरेको छ ।
नेपालको अदालतले बेलाबेलामा जनता, संविधान र कानूनी राज्यको पक्षमा निर्णय गर्दै आएको छ । 
संसद पुर्नस्थापना भएपछि नेपाली काँग्रेसको भूमिका कस्तो रहन्छ ?
काँग्रेस लोकतन्त्रको पक्षमा रहेको छ । नेपालमा राजनीतिक स्थितिरता, आएको परिर्वतनको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रको संरक्षण गर्नु नै काँग्रेसको मुख्य ध्येय रहेको छ । काँग्रेस अब संसदीय प्रकृयालाई अगाडी वढाएर लोकतान्त्रिक पद्धति, संसदीय पद्धतिको जर्गेना गर्नतर्फ लाग्छ । 
संसदीय प्रकृया ठिकसँग चल्नुपर्छ । त्यसैमा नेपाली काँग्रेसको भूमिका रहन्छ ।
नयाँ सरकार गठनको केन्द्रविन्दुमा नेपाली काँग्रेस देखिन्छ । सरकारको नेतृत्व काँग्रेसले गर्छ ? 
नेपाली काँग्रेसलाई अहिले कुर्सीको मोह छैन् । हामी बहुमत ल्याएर तीन तहको निर्वाचनबाट सक्तामा जान चाहन्छौ । अहिले कुनै हतार छैन् । अहिले संसदीय प्रणालीको प्रकृया अगाडी वढ्न सहयोगी मात्रै हो । 
जनताले हामीलाई सक्तामा जाने म्यान्डेड दिएको छैन् । हामी आफ्नो ठाउँमा रहेर यो प्रणालीलाई कसरी जर्गेना गर्ने त्यस प्रयास केन्द्रित हुन्छौं ।
प्रतिनिधि सभा विघटन सदर गर्ने राष्ट्रपतिलाई महाअभियोग लगाउन काँग्रेसले भूमिका खेल्छ ?
संसद विघटनको सिफारिस सदर गरेको राष्ट्रपति विद्यादेवी भण्डारीको वारेमा काँग्रेसले सल्लाह गर्छ । राष्ट्रपतिले प्रधानमन्त्रीले दिएको सिफारिसलाई स्वीकृति गर्ने बाहके अर्को विकल्प छैन् । यद्यपी केही समय पर्खिएर सुझाव लिनु पर्नेथ्यो । त्यो नगरेर एकै पटक स्वीकृति दिएको छ ।
हतारमा राष्ट्रपति पदको गरिमालाई ख्याल गर्न सकेनन् । संविधानको संरक्षणकको हैसियतको महत्व दिन र पालना गर्न चुकेको छ । नेपाली काँग्रेसले महाअभियोगको प्रस्तावको वारेमा अहिले सोचिरहेको छैन् । 
प्रधानमन्त्री ओली विरुद्धमा नेपाली काँग्रेसको रोल के हुन्छ ?
प्रधानमन्त्रीले संसद फेस गर्ने भएपछि काँग्रेस त्यसको विपक्षमा उभिन्छ । यो राजनतिक धर्म हो । नेपाली काँग्रेसले विपक्षीको धर्म निर्वाह गर्छ । र आफ्नो धर्मलाई निरन्तरता दिन्छ ।
पार्टीको महाधिवेशन निर्धारित समयमै हुन्छ त ?
काँग्रेस पार्टीको महाधिवेशन निर्धारित समयमै हुन्छ । क्रियाशिलत सदस्यता ठाउँठाउँबाट आईरहेको छैन् । ठाउँठाउँमा विवाद छ । कुनैपनि हातलमा महाधिवशेन हुन्छ, हुनुपर्छ ।
नेपाली काँग्रेसले युवापुस्तालाई कतिको अवसर दिन्छ ?
युवापुस्ता पार्टीको नेतृत्वमा आईरहेको छ । केन्द्रिय सदस्य, महामन्त्री, सहमामन्त्रीमा युवाहरु आईरहेको छ । युवाहरुलाई प्रस्तस्त ठाउँ छ । 
तपाईलाई प्रधानमन्त्रीको अफर आएपछि के गर्नुहुन्छ ?
प्रधानमन्त्री पदवारे आफ्नो कुनै सोच छैन । म संसदमा पनि होईन । यहाँ ब्याकडोरबाट प्रधानमन्त्री बन्ने चलन छ । माधव नेपाल दुई ठाउँबाट हारेर पनि प्रधानमन्त्री बनेको छ । मलाई त्यस्तो कुरामा अभिरुची छैन् । चुनाववाट देशको बागडोर सम्हाल्नु पर्यो भने बेग्लै कुरा हो । होईन भने पदमा रहेर विटुलिन मन छैन् । मुलुकको लागि केही गर्न चाहन्छु । राष्ट्रको लागि काम गर्न चाहन्छु ।
काँग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्रीको अफर आयो भने के गर्नुहुन्छ ?
काँग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्रीको अफर आएपछि के गर्ने त्यो भन्न सकिदैन् । त्यो उहाँको कुरा हो । के गर्नुहुन्छ, त्यो थाहा छैन् । भरसक काँग्रेस फलोरमै बसेर कसैलाई समर्थन दिन सक्छ । कसैसँग कुरा मिल्यो, तुलनात्मक रुपमा जो सँग एजेन्डा मिल्छ त्यसलाई फलोरबाट समर्थन दिदा काँग्रेसको कल्याण हुन्छ ।
नेकपाको कुन समूहलाई काँग्रेसको समर्थन रहन्छ ?
नेपाली काँग्रेसको एजेण्डासँग कुरा मिल्नेसँग समर्थन रह्न्छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग तत्कालै कुरा मिल्ने सम्भावना कम छ । उहाँले उपद्रो गर्नुभयो । त्यस्तो अवस्था, आलो घाउमा सर्पोट गर्ने कुरा गाह्रो पर्ला ।
त्यसो त राजनीतिमा परमानेन्ट शत्रु कोही हुँदैन त्यसैले भविष्यमा कुरा मिल्न सक्छ । अहिले तत्काल त्यस्तो सम्भावना देख्दिन् । 
संवैधानिक नियुक्ति निकायमा भागबण्डा गरि हुने नियुक्तिलाई कस्तो लिनुहुन्छ ?
विभिन्न संवैधानिक निकायमा अवैधानिक, असंवैधानिक, बल मिचाई गरी सिद्धान्त विपरीत भागबण्डामा नियुक्ति गरियो । त्यो गलत थियो । त्यसलाई अदालतले फालदियो । ठिक गर्यो ।
सही मान्छे देशलाई चाहिन्छ । संवैधानिक निकायलाई चाहिने क्वालिटीको मान्छेहरु राख्नुपर्छ  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!