पोखरी सौन्दर्यिकरणको शिलान्यास

पोखरी सौन्दर्यिकरणको शिलान्यास

मधेसलाई अधिकार सम्पन्न हुन बाट कसैले रोक्न सक्दैन : मुख्यमन्त्री राउत

अपन दैनिक संवाददाता
असोज ७, २०७७ मा प्रकाशित
११५ पटक पढिएको
पोखरी सौन्दर्यिकरणको शिलान्यास

सर्लाही । मुख्यमन्त्री लालबाबु राउतले मधेसलाई अधिकार सम्पन्न हुन बाट कसैले रोक्न न सक्ने बताउनु भएको छ ।
मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत सर्लाहीको मलङ्गवा न.पा. ७ स्थित ऐतिहासिक पुरानो पोखरी सौन्दर्यिकरणको शिलान्यास कार्यक्रम लाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री राउतले सो बताउनु भएको हो ।
मुलुक सङ्घियता गएपनी प्रदेशलाई अधिकार सम्पन्न हुन नदिन विभिन्न जाल झेल भैइ रहेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले त्यस्ता जालझेल हरु मधेस लाई अधिकार सम्पन्न हुन बाट रोक्न नसक्ने उदघोष गर्नु भयो ।
सङ्घिय सरकारले बजेट बितरणमा विभेद गर्ने देखि प्रदेशले राख्न पाउनु पर्ने आफ्नै शासन प्रशासनमा समेत अवरोध गरि रहेको दावी गर्नु हुँदै मुख्यमन्त्री राउतले प्रदेश २ सरकार केही दिन भित्रै आफ्नो शासन प्रशासन कायम गरेर देखाउने बताउनु भयो ।
प्रदेश सरकार आफ्नो सिमित स्रोत साधन लाई उपयोग गर्दै बिकास निर्माण को कार्यलाई अगाडि बढाएको र पोखरी को सौन्दर्यिकरण त्यसकै एउटा सानो भाग रहेको उहाको कथन थियो ।
कार्यक्रम मा सङ्घिय सान्सद महेन्द्र यादवले प्रदेश सरकारले सिमित स्रोत साधन बिच गरि रहेको काम को प्रसन्सा गर्दै मुख्यमन्त्री राउतले चालेको कदमहरुमा पार्टी र जनताको पुर्ण समर्थन रहेको बिश्वास दिलाउनु भयो ।
जनता समाजवादी पार्टी का शिर्ष नेता समेत रहनु भएका यादव राउत नेतृत्व को सरकार पाँच बर्ष नै रहने स्पष्ट पार्नु भयो ।
प्रदेश सभा सदस्य अशोक यादव को अध्यक्षता मा भएको उक्त कार्यक्रम मा सङ्घिय सान्सद प्रमोद साह, रुहिनाज मिकरानी, पुर्बमन्त्री हरिनारायण यादव,प्रदेश सभा सदस्य मोहम्मद अबुल कलाम, मलङ्गवा नपाका मेयर लगायत का बक्ताहरुले सम्बोधन गर्नु भएको थियो ।
१२ बिग्घा क्षेत्रफल रहेको उक्त पोखरी को सौन्दर्यिकरण ८ करोड्को लागतमा १५ महिना भित्र सम्पन्न गरिने योजना रहेको छ ।

छापा संस्करण

२०७७ कार्तिक १४ शुक्रवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित