बारामा फरार प्रतिवादी महतो पक्राउ

बारामा फरार प्रतिवादी महतो पक्राउ

अपन दैनिक संवाददाता
असोज ७, २०७७ मा प्रकाशित
९७ पटक पढिएको
बारामा फरार प्रतिवादी महतो पक्राउ


बारा । बम बिस्फोट तथा संगठित अपराधका फरार अभियुक्तलाई बारा प्रहरीले पक्राउ गरेको छ । परवानीपुर गाउँपालिका वडा नं. १ घर भएका वर्ष ३६ का कपिलदेव महतोलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्रले जानकारी दिए । फरार भएका महतो  केही दिनअघि नेपाल प्रवेश गरी पुनः सकृय रहेको र लुकिछिपी आपराधिक गतिविधिमा संलग्न हुन लागेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय परवानीपुरबाट खटिएको प्रहरी टोलीले मंगलवार साँझ परवानीपुर नजिकैबाट पक्राउ गरेको हो  ।
यस्तो थियो घटना
२०७६ मंसिर २५ गते बाराको परवानीपुर गाँउपालिका वडा नं।४ मा रहेको एक उद्योगका सञ्चालकलाई सोही गाउँपालिका–४ बस्ने वर्ष ३१ का प्रमोद साह गोढको समूहले २–३ महिना अघिदेखि पटक–पटक फोन गरेर १५ लाख (पन्ध्र लाख) फिरौती रकम माग गरेको थियो । उद्योगका सञ्चालक ३ लाख दिन तयार भए ।
गोढको समूहले फोन गरी फिरौती रकम ३ लाख लिएर परवानीपुर गाउँपालिका–४ स्थित चैनपुर भन्ने स्थानमा आउन भनी बोलायो । यता उनीहरु सोही स्थानमा आउँदैछन् भन्ने उजुरी प्रहरीकोमा पुग्यो । सो उजुरी प्राप्त हुनासाथ तत्काल प्रहरी टोली पुगेर फिरौती रकम लिन जाने ४ जनालाई पक्राउ गरेको थियो ।
 पक्राउ पर्नेमा परवानिपुर गाँउपालिका वडा नं.४ बस्ने वर्ष ३१ को प्रमोद साह गोढ, वर्ष २० का देवशंकर राम, जीतपुर सिमरा-२० का २० वर्षीय अच्छेलाल गोसाई र फेटा गाँउपालिका वडा नं.३ बस्ने वर्ष ३९ का दिपेन्द्रकुमार धानुक थिए । उनीहरुलाई  जिल्ला अदालत बाराको २०७६ माघ २७ गतेको आदेशले  पुर्पक्षको लागि वीरगंज कारागार चलान गरेको थियो । उनीहरु बम विष्फोट लगायतका घटनामा समेत संलग्न रहेको प्रहरीको आरोप छ ।

छापा संस्करण

२०७७ कार्तिक १४ शुक्रवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित