महोत्तरीमा विभिन्न मुद्दाका फरार प्रतिवादी क्रिकेट खेल्दा खेल्दै पक्राउ

महोत्तरीमा विभिन्न मुद्दाका फरार प्रतिवादी क्रिकेट खेल्दा खेल्दै पक्राउ

अपन दैनिक संवाददाता
असोज ७, २०७७ मा प्रकाशित
१११ पटक पढिएको
महोत्तरीमा विभिन्न मुद्दाका फरार प्रतिवादी क्रिकेट खेल्दा खेल्दै पक्राउ

जनकपुरधाम । हातहतियार तथा डकैती मुद्दाका फरार एक प्रतिवादी महोत्तरीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरीको गौशाला नगरपालिका-६ बस्ने ३० वर्षीय सतेन्द्रकुमार यादव छन् । उनी मुन्ना, छोडका र बण्ठा उपनामबाट समेत चिनिने गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको टोलीले गौशाला नगरपालिका५ स्थित मरहा खोला किनारमा क्रिकेट खेल्दै गरेको समयमा उनलाई पक्राउ गरेको हो ।
महोत्तरीका प्रहरी प्रबक्ता एवं एसपी कृष्ण प्रसाईंका अनुसार पक्राउ परेका यादव महोत्तरी र सर्लाही जिल्लाका बिभिन्न घट्नामा संलग्न रही फरार रहेका थिए । मंगलबार पक्राउ परेका उनको पीसीआर टेस्ट गराई जिल्ला प्रहरी कायालय महोत्तरीमा राखिएको र जिल्ला अदालतमा पेश गर्ने तयारी भइरहेको बताए ।
यादवविरुद्व तीन अभियोग
पक्राउ परेका यादवविरुद्व मुख्य तीन अभियोग रहेको छ । प्रहरीका अनुसार महोत्तरीको बलवा नगरपालिका-३ परौलस्थानस्थित जय बाबा कारिक मनी ट्रान्सफरमा लुटपाट गर्ने योजना उनले बनाएका थिए ।
योजना अनुरुप गाउँकै राकेश यादवलाई लिएर २०७६ साल मंसिर २३ गते त्यसतर्फ जाँदै गर्दा औरही नगरपालिका-३ श्रीपुरस्थित जंघा खोलाको बगरबाट ४ राउण्ड गोली लोड गरिएको नलकटुवा पेस्तोल १ थानसहित राकेश यादव पक्राउ परेका थिए भने सतेन्द्र फरार भएका थिए । प्रहरीले पछि उनीविरुद्व हातहतियार खरखजाना तथा डाँका उद्योग मुद्दा चलाएको थियो ।
महोत्तरीकै मनरा सिस्वा नगरपालिका २ भोलही चोकस्थित रामसेवक यादवको घरमा २०७५ साल पुस २३ गते राति १ बजे १५/१६ जनाको हतियारधारी डाँकाहरुको समूहले गोली फायर गरी बम बिष्फोट गराई नगद र सुनका गहना लुटेका थिए । उक्त घट्नामा पनि संलग्न सतेन्द्रविरुद्व डाँका तथा संगठित अपराध मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ ।
यस्तै, सर्लाहीको इश्वरपुर नगरपालिकास्थित जय माँ महारानी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष धनेश्वर साह नेपाल इन्भेष्टमेन्ट बैंकबाट नगद रु ९ लाख ९० हजार झिकेर ना. ५५ प ९५९३ नम्बरको मोटरसाइकलमा आइरहेको अवस्थामा २०७५ मंसीर २० गते इश्वरपुर १३ बाट सतेन्द्र, गंगाधर साह समेतले पेस्तोल देखाएर लुटपाट गरेको प्रहरीको भनाइ छ । उक्त घट्नामा प्रहरीले डाँका तथा संगठित अपराध मुद्दा दर्ता गरेको थियो ।

छापा संस्करण

२०७७ कार्तिक १४ शुक्रवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित