रुसले बनायो हावामा कोरोना पत्ता लगाउने डिभाइस, यस्तो छ विशेषता

रुसले बनायो हावामा कोरोना पत्ता लगाउने डिभाइस, यस्तो छ विशेषता

अपन दैनिक संवाददाता
असोज ४, २०७७ मा प्रकाशित
१५१ पटक पढिएको
रुसले बनायो हावामा कोरोना पत्ता लगाउने डिभाइस, यस्तो छ विशेषता

एजेन्सी । हावामा कोेरोना भाइरस, ब्याक्टेरिया, विषाक्त पदार्थ र भाइरसबाट हुने रोग पत्ता लगाउन सक्ने एक उपकरण रुसले विकसित गरेको छ । 
हावामा रहेका प्याथोजिनहरू पत्ता लगाउनुका साथै यस विशेष उपकरणले केही सेकेन्डभित्रै सम्भावित खतराको सूचना दिन्छ र त्यसको स्रोतलाई इंगित गर्छ । 
केही साताअघि मस्को नजिक केमिस्ट्री बायो नामक उपकरण प्रदर्शन गरिएको थियो । त्यसलाई केएमजी कारखानाले बनाएको हो । 
त्यो उपकरण बनाउने टोल मस्कोमा गामालेया इन्स्टिच्युट अफ एपिडेमियोलोजी यान्ड माइक्रोबायोलोजीमा पनि संलग्न छ । उक्त संस्थाले नै संसारको पहिलो कोरोना खोप बनाएको दाबी गरेको छ । 
यो डिभाइस फ्रिज जस्तो देखिन्छ । यसका अनेकौं पत्रहरू हुन्छन् र प्रत्येक पत्रले आफ्नो परीक्षण आफैं गर्छ । साना प्रयोगशालाहरूको अनेकौं पत्र भएको यस डिभाइसमार्फत हावामा कोरोना र अन्य किसिमका भाइरस पत्ता लगाउन सकिन्छ । 
पहिलो चरणमा यसले वरपरको हावाको नमूना एकत्रित गर्छ । अनि १० देखि १५ सेकेन्डमा भाइरस, ब्याक्टेरिया वा विषाणुको कुनै पनि निशानका विषयमा सचेत बनाउँछ । 
पहिलो चरणमा आरम्भिक स्तरमा विशिष्ट रोगजनक कारण पत्ता लाग्दैनन् । 
दोस्रो चरणमा उपकरणले संकलन गरिएको हावाको नमूनालाई पुनः विस्तृत विश्लेषण गर्छ र कुनै सूक्ष्म जीव छ भनी विश्लेषण गर्छ । यसका लागि एकदेखि दुई घन्टा लाग्छ । 
यसलाई भीडभाड हुने सार्वजनिक स्थानमा लगेर त्यहाँको हावामा कोरोना छ कि छैन भनी पत्ता लगाउन उपयोग गरिनेछ । 

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित