संसारकै सबैभन्दा अग्लो टावर बुर्ज खलिफामा नेपालको झण्डा झलमलायो

संसारकै सबैभन्दा अग्लो टावर बुर्ज खलिफामा नेपालको झण्डा झलमलायो

अपन दैनिक संवाददाता
असोज ३, २०७७ मा प्रकाशित
२४५ पटक पढिएको
संसारकै सबैभन्दा अग्लो टावर बुर्ज खलिफामा नेपालको झण्डा झलमलायो

युएई । छैटौं संविधान दिवसको अवसरमा युनाइटेड अरब इमिरेट्स (युएई)को दुबईस्थित संसारकै सबैभन्दा अग्लो टावर बुर्ज खलिफामा नेपालको राष्ट्रिय झण्डा झलमलाएको छ।  संविधान दिवस तथा राष्ट्रिय दिवस २०७७ को सुखद अवसरमा आज साँझ ८ः१५ बजे दुबईस्थित संसारकै सबैभन्दा अग्लो टावर बुर्ज खलिफा र  ८ः०० बजे अबुधाबीस्थित  एड्नोक हेट अफिस भवनमा नेपालको राष्ट्रिय झण्डा १ मिनेट झलमलाइएको हो
नेपालको झण्डा हेर्न थुप्रै नेपालीहरु बुर्ज खलिफा र एड्नोक हेट अफिस भवन आवुधावी पुगेका थिए। संसारकै सबैभन्दा अग्लो टावर वुर्ज खलिफामा तोकिएको समयभन्दा १५ मिनेट ढिलो नेपाली राष्ट्रिय झण्डा झलमलाएको थियो।
युएईस्थित नेपाली दूतावासको अनुरोधमा गत वर्ष पनि संविधान दिवस तथा राष्ट्रिय दिवसमा बुर्ज खलिफा र एड्नोक हेड अफिस भवन आवुधावीमा नेपालको राष्ट्रिय झण्डा झलमलाइएको थियो। युएई सरकारले निशुल्क नेपाली राष्ट्रिय झण्डा झलमलाइ दिएकोमा नेपाली दूतावासले धन्यवाद व्यक्त गरेको छ। बुर्ज खलिफामा उचाई ८२९।८ मिटर रहेको छ।

छापा संस्करण

२०७७ मंसिर ११ बिहिवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित