जनकपुरधाम । मधेश आन्दोलनकारीको एक समुहले पहिलो पटक दिप प्रज्वलन गरी संविधान दिवसन मनाएको छ । असोज ३ नेपालको संविधान २०७२ जारी भएको दिनको स्मरणमा जनकपुरधामको जानकी चोकमा यूवाहरुले झण्डातोलनसहित दिप प्रज्वलन लगायतका कार्यक्रम गरी संविधान दिवस मनाएका हुन् ।५ वर्षपछि यूवाहरुले सार्वजनिक रुपमा सार्वजनिक स्थलमा कालो दिवसको विरोध गर्दै औपचारिकरुपमै प्रदेश सरकार र जसपा नेपाललाई चुनौती दिँदै संविधान दिवस मनाएको छन् । मधेसकेन्द्रित दलहरूले असोज ३ लाई कालो दिवसको रुपमा मनाइरहदाँ मधेसी यूवाहरुले भने कालो दिवसको विरोध गर्दै संविधान दिवस मनाए । जनता समाजवादी पार्टी नेपालका युवा नेता सुशील कर्णको अगुवाइमा संविधान दिवस कार्यक्रम मनाइएका हुन् । युवा नेता सुशील कर्णले संविधानमा केहि त्रुटी रहेको तर जसरी सत्तामा बसेर प्रदेश नम्बर २ को सरकारले सोही संविधानलाई टेकेर सत्तामा रहेर संविधानको विरुद्धमा बोल्नु लज्जास्पद कुरा रहेको बताए ।
उनले स्पष्ट पार्दै भने, 'संविधानको विभिन्न धारा टेकेर प्रदेशको सत्तामा पुगेको जसपा नेपालले जनतालाई भ्रममा राख्दै ठग्ने गरेकाले हामीले सो कार्यको विरोध गरेका हौँ ।' भ्रष्ट, नौटंकी र लासको राजनीतिविरुद्ध आफूहरूले संविधान दिवस मनाएको युवा अभियन्ता किसन मण्डलले बताए । युवा अभियान्ता मण्डलले भने, 'मधेश र मधेशीको नाममा सत्ताको राजनीति गर्नेहरू छताछुल्ल भइसकेका छन् । ३ सय ६४ दिन संविधान मन पराउने, तर एकदिन मात्रै मन नपराउने, जनताले द्वैध चरित्र बुझिसकेका छन् । '
अर्को तर्फ जसपा नेपालले प्रदेश नम्बर २ को भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलको अगुवाइमा विरोध सभा कार्यक्रम मनाइएको थियो ।
ब्लैक आउट कार्यक्रम असफल
जसपा नेपालले जनकपुरधाममा साढे ६ बजे देखि १५ मिनेटसम्म गर्ने भनिएको ब्लैक आउट कार्यक्रम असफल भएको छ ।
एका तर्फ युवाहरुले जसपा नेपालले मनाएको कालो दिवस कार्यक्रमको विरोध गरेपछि जसपाले घोषणा गरेको ब्लैक आउट कार्यक्रम असफल भएको छ ।
ब्लैक आउट कार्यक्रम रहँदा समेत युवाहरुको एक समुहले जानकी चोकमा दिप प्रज्वलन गरी संविधान दिवस मनाएका छन् ।
Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित