गणेशमान स्मृति दिवसमा नेविसंघ काठमाडौंद्वारा दीप प्रज्वलन (फोटोफिचर)

गणेशमान स्मृति दिवसमा नेविसंघ काठमाडौंद्वारा दीप प्रज्वलन (फोटोफिचर)

अपन दैनिक संवाददाता
असोज २, २०७७ मा प्रकाशित
८२ पटक पढिएको
गणेशमान स्मृति दिवसमा नेविसंघ काठमाडौंद्वारा दीप प्रज्वलन (फोटोफिचर)

मुकुन्द कालिकोटे । नेपाल विद्यार्थी संघ काठमाडौं जिल्ला समितिले शान्ति बाटिकामा दीप प्रज्वलन गरी लौह पुरुष गणेशमान सिंहको २३औं स्मृति दिवस मनाएको छ । जनआन्दोलन ०४६ का कमाण्डर एवं सर्वमान्य नेता स्व. गणेशमान सिंहको २३ औं स्मृति दिवस शुक्रबार दीप प्रज्वलन गरी मनाएको मनाएको हो ।
वि.सं. १९७२ सालमा जन्मिएका सिंहको ०५४ साल असोज २ गते अर्थात् आजैका दिन निधन भएको थियो । लौह पुरुषका नामले समेत चिनिएका सिंहले नेपालमा प्रजातन्त्र प्राप्तिका लागि राणाकालदेखि कठोर संघर्ष गरेका थिए । सिंहको स्मृति दिवसका अबसरमा नेपाल बिद्यार्थी संघ काठमाडौं जिल्ला समितिले शान्ति बाटिकास्थित सिंहको पूर्णकदको शालिक दीप प्रज्वलन गरेको थियो ।

कार्यक्रममा सहभागीहरुले नेपालको परिवर्तनमा सिंहले खेल्नुभएको भूमिकाको स्मरण गरेका थिए । नेविसंघका अध्यक्ष राजिव ढुङ्गानाले पञ्चायत शासनलाई विस्थापन गर्न र महेन्द्रको प्रजातन्त्रमाथिको कू बिरुद्ध लड्न खेल्नुभएको भूमिकाको चर्चा गर्दै नेपाली राजनीतिमा सिंहले गरेको त्यागको बाटो सबैले लिनुपर्ने बताए ।

ढुङ्गानाले भने, राणा शासन विरुद्धको आन्दोलनदेखि २०१४ सालको सत्याग्रह, २०१५ सालको संसदीय चुनाव र सरकार अनि २०१७ सालको महेन्द्रको प्रजातन्त्रमाथिको कू सम्म स्वर्गीय सिंहको महत्वपूर्ण सहभागी रहेको थियो । ढुङ्गानाले २०४६ सालमा प्रजातन्त्र आएपछि प्राप्त भएको प्रधानमन्त्रीको पद अस्वीकार गर्नुभएका नेपाली प्रजातान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व सिंहले प्रजातन्त्रको पहरेदारी गर्न रुचाउनुभएको चर्चा समेत गरे ।

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित