संसारभर कोरोना संक्रमितको संख्या ३ करोड नाघ्यो

संसारभर कोरोना संक्रमितको संख्या ३ करोड नाघ्यो

एजेन्सी
असोज १, २०७७ मा प्रकाशित
११८ पटक पढिएको
संसारभर कोरोना संक्रमितको संख्या ३ करोड नाघ्यो

एजेन्सी । संसारभर कोरोना संक्रमितहरुको संख्या ३ करोड नाघेको छ । वल्ड्रोमिटरका अनुसार कोरोना संक्रमितहरुको संख्या अहिलेसम्म ३ करोड २ लाख १९ हजार ६ सय ९० पुगेको छ । त्यस्तै संसारभर संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ लाख ४८ हजार १ सय ५३ जना पुगेका छन् ।  बिहीबार मात्रै विश्वमा ३ हजार ४ सय ३८ जनाको संक्रमणबाट मृत्यु भएको छ । त्यसमध्ये सबैभन्दा बढी भारतमा ११ सय १० जनाको आजै मृत्यु भएको छ ।
अहिलेसम्मको सबैभन्दा बढी संक्रमित संख्या अमेरिकामा रहेको छ । अमेरिकामा ६८ लाख ४४ हजार १ सय ४९ जना संक्रमित पुगेका छन् भने त्यहाँ मृत्यु हुनेको संख्या २ लाख १ हजार ६ सय ९९ सय पुगेको छ । आजमात्रै अमेरिकामा ३ सय ५१ जनाको संक्रमणबाट मृत्यु भएको छ । त्यस्तै दोश्रो सबैभन्दा बढी महामारीको चपेटामा परेको भारतमा अहिलेसम्म ५२ लाख ५ हजार ७ सय ६० जना संक्रमित देखिएका छन् भने बिहीबार त्यहाँ ८९ हजार ८ सय ६७ जनामा कोरोना संक्रमण देखिएको छ ।
भारतमा अहिलेसम्म संक्रमणका कारण ८४ हजार ३ सय ४० जनाको मृत्यु भैसकेको छ । तेश्रो सबैभन्दा बढी संक्रमित मुलुक ब्राजिल हो । ब्राजिलमा अहिलेसम्म ४४ लाख ३० हजार २ सय २७ जना संक्रमित देखिएका छन् । त्यहाँ मृत्यु हुनेको संख्या १ लाख ३४ हजार ३ सय ६३ जना पुगेको छ । त्यसपछि रसिया, पेरु, कोलम्बिया, मेक्सिको लगायतका मुलुकहरु बढी प्रभावित भएका छन् ।

छापा संस्करण

२०७७ मंसिर ११ बिहिवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित