रूसले भारतलाई (कोभिड–१९)विरूद्धकाे १० करोड डोज भ्याक्सिन दिने

रूसले भारतलाई (कोभिड–१९)विरूद्धकाे १० करोड डोज भ्याक्सिन दिने

एजेन्सी
भदौ ३१, २०७७ मा प्रकाशित
१६६ पटक पढिएको
रूसले भारतलाई (कोभिड–१९)विरूद्धकाे १० करोड डोज भ्याक्सिन दिने

मस्को । रूसले भारतलाई(कोभिड–१९)विरूद्धको १० करोड डोज भ्याक्सिन दिने भएको छ ।
रूसको सार्वभौम धन कोषले भारतको डा. रेड्डीज ल्याब्रोटरिज कम्पनीलाई स्पुतनिक–भी नामक भ्याक्सिनको १० करोड डोज दिन सहमत भएको हो ।
समाचार संस्था रोयटर्सका अनुसार अहिले तेस्रो चरणको परीक्षणका लागि मस्कोले अन्य देशमा भ्यक्सिन वितरण गर्ने योजनालाई तीव्र गतिमा अघि बढाएको छ ।
रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड (आरडिआइएफ)ले भारतीय निर्मातासँग मिलेर ३० करोड भ्याक्सिन उत्पादन गर्ने प्रस्ताव गरेको थियो । त्यसपछि रेड्डीज ल्याब्रोटरिज कम्पनीलाई १० करोड भ्याक्सिन दिने सम्झौता भएको हो ।
भारतको शीर्ष स्थानमा रहेको औषधि कम्पनी डा। रेड्डिजले भ्याक्सिनको तेस्रो चरणको क्लिनिकल परीक्षण गर्नका लागि लिएको आरडिआइएफले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। यद्यपि कम्पनीले नियामक स्विकृति लिन बाँकी छ ।
यस भ्याक्सिनको डेलिभरी भने सन् २०२०को अन्तिम महिनामा हुनेछ ।
कोरोना भाइरस विरूद्धको खोपलाई अनुमोदन गर्ने रूस पहिलो राष्ट्र बनेको थियो । यसले तेस्रो चरणको परीक्षण गर्न बाँकी हुँदा नै राष्ट्रपति भ्लादिमिर पुटिनले भ्याक्सिनलाई अनुमोदन गरेका थिए। 

छापा संस्करण

२०७७ मंसिर ११ बिहिवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित