कोभिड- १९ [अपडेट]

सप्तरीका संक्रमित पुरुषको धरानमा निधन

अपन दैनिक संवाददाता
भदौ ३१, २०७७ मा प्रकाशित
५३ पटक पढिएको
सप्तरीका संक्रमित पुरुषको धरानमा निधन

विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारत एक जना कोरोना संक्रमितको निधन भएको छ । सप्तरी खडक नगरपालिका–३ का ३५ वर्षीय पुरुषको निधन भएको हो ।
प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाका अनुसार २८ भदौमा कोरोना पोजेटिभ देखिएका पुरुषलाई ३० भदौमा प्रतिष्ठानमा भर्ना गरिएको थियो । उपचारका क्रममा बुधबार विहान ६ बजे निधन भएको हो ।
प्रवक्ता सापकोटाका अनुसार एक वर्षयता मृगौलामा समस्या भएका कारण उनी नियमित डाइलसिस गराइरहेका थिए । हप्तामा दुई पटक डाइलसिस गर्ने युवकमा उच्च रक्तचापको पनि समस्या थियो ।
यसअघि मंगलबार दिउँसो धरान उपमहानगरपालिका १७ का ७३ वर्षीय पुरुषको निधन भएको थियो ।
सप्तरीका युवकसँगै प्रदेश १ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ । ती मध्ये १४ जना प्रदेश २ र ३६ जना प्रदेश १ का छन् ।

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित