कोभिड- १९ [अपडेट]

प्रदेश २ का सीमावर्ती क्षेत्रमा बढ्यो अवैध कारोबार

अपन दैनिक संवाददाता
भदौ ३१, २०७७ मा प्रकाशित
७३ पटक पढिएको
प्रदेश २ का सीमावर्ती क्षेत्रमा बढ्यो अवैध कारोबार

जनकपुरधाम । भदौ २५ गते जनकपुरधाम उपमहानगरपलिका–७ मुसहरबस्तीबाट दुईजना हातहतियारसहित पक्राउ परे । प्रहरीले हतियार खरीद, विक्री भइरहेको गोप्य सूचनाको आधारमा जनकपुरधाम उपमहानगरपालिका–२५ लोहनाका २१ वर्षीय अजयराज कायस्थ र सोही ठाउँ बस्ने २४ वर्षीय सुनिल मण्डललाई पक्राउ ग¥यो । उनीहरूको खानतलासी गर्दा एक थान पेस्तोल र त्यसमा लाग्ने गोली बरामद भएको थियो ।

यस्तै भदौ २२ गते सुनचाँदीमा मिसाइने धातुसहित जनकपुरको सुनारपट्टीबाट पनि दुईजना पक्राउ परे । करीब ५० केजी अर्थात् रू. १० लाख ६६ हजार ५०० मूल्य बराबरको धातुसहित महोत्तरीको मठियानी नगरपालिका–७ का २० वर्षीय श्याम दास र २२ वर्षीय नुरारी लहेरी पक्राउ परेको प्रदेश प्रहरीको तथ्यांकले देखाउँछ । 

यस्तै, भदौ २० गते विदेह नगरपालिका–९ खरीहानीबाट चोरीपैठारीको सामान प्रहरीले बरामद ग¥यो । स्थानीय गफुर नदाफको घरबाट ५०० केजी हरियो मटर (केराउ) बरामद भएको थियो । सोही ठाउँबाट प्रहरीले रू. २ लाख १३ हजार ४ साहको रेडिमेड कपडा पनि बरामद गरेको थियो । प्रदेश २ का जिल्लामा कोरोना महामारीको बेला भइरहेको अवैध कारोबारका यी प्रतिनिधि उदाहरण मात्र हुन् ।

प्रदेश २ का जिल्ला भारतीय सीमासँग जोडिएकाले लकडाउनमा तस्करी तथा अवैध कारोबार निकै बढेको छ । माथिका घटना र प्रहरीको तथ्यांकले पनि प्रदेशमा पछिल्ला दिनमा अवैध कारोबार बढेको देखाएको छ । भन्सार कर्मचारी, सशस्त्र प्रहरी र नेपाल प्रहरीले निगरानी गरिरहेको दाबी गरे पनि सीमानाकाबाट करोडौं मूल्यका सामान अवैध रूपमा भित्रिरहेको छ । प्रदेश २ का विभिन्न नाकाबाट राजस्व छलेर भिœयाइएका सामान बरामद हुने क्रम बढेको छ ।

प्रदेश २ का जिल्लाहरूमा हुण्डी कारोबार समेत ह्वात्तै बढेको पाइएको छ । पैसाको स्रोत खुलाउनु नपर्ने र भनेको बेला एजेन्टमार्फत सजिलै पैसा पठाउन सकिने भएकाले अवैध हुण्डीको कारोबार बढेको हो । प्रदेश प्रहरीको तथ्यांक अनुसार गत आर्थिक वर्षमा हुण्डीमार्फत आएको रू. ९४ लाख ५१ हजार मात्र बरामद भएको थियो । तर, चालू आर्थिक वर्षको साउन र भदौ महीनामै हुण्डी कारोबारको रकम ७८ लाख ५८ हजार ३२० रुपैयाँ बरामद भएको प्रदेश प्रहरी कार्यालयले बताएको छ । प्रहरीको तथ्यांक अनुसार नेपालमा लकडाउन तथा निषेधाज्ञा अवधिमा हुन्डी कारोबार बढेको छ ।

कोरोना संक्रमण रोकथामका लागि सिमानामा प्रहरीले कडाइ गरेपछि भारतबाट दैनिक लाखौं रुपैयाँ हुन्डीमार्फत आइरहेको प्रहरीको भनाइ छ । लकडाउन तथा निषेधाज्ञा अवधिमा नेपालका बैंक तथा वित्तीय संस्थाको सेवा प्रभावित भएकाले पनि भारतबाट हुन्डी कारोबार बढेको सशस्त्र प्रहरी प्रदेश २ का प्रमुख एवं डीआईजी कृष्णभक्त ब्रह्माचार्यले बताए । पछिल्लो केही दिनयता भारतबाट अवैध रूपमा पैसा भित्रिने क्रम बढेको उनको भनाइ छ ।

‘अहिले पनि लाखौं नेपाली भारतमा मजदूरी गरिरहेका छन् । लकडाउनका कारण बैंक वित्तीय संस्थाहरू बन्द रहेको अवस्थामा हुन्डीमार्फत नै घरमा पैसा पठाउने गरेका छन्,’ उनले भने, ‘लकडाउनमा आर्थिक अवस्था नाजुक भएर पनि कतिपय नेपालीले भारतमा रहेका आफ्ना नातेदारसँग सापटीका रूपमा पैसा मगाउने गरेको पाइएको छ ।’

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित