कोभिड- १९ [अपडेट]

डर्टमन्डको फराकिलो जित

अपन दैनिक संवाददाता
भदौ ३०, २०७७ मा प्रकाशित
९९ पटक पढिएको
डर्टमन्डको फराकिलो जित

एजेन्सी । बोरुसिया डर्टमन्डले डीएफबी फोकल फुटबलमा फराकिलो जित निकालेको छ । सोमबार राति भएको खेलमा डर्टमन्डले एमएसभी डुइसबर्गमाथि ५–० गोलको फराकिलो जित निकालेको हो । 
डर्टमन्डको जितमा जाडोन सान्चो, जुडे बिलिङ्हम, थोर्गन हाजार्ड, गिभानी रिना र मार्को रेउसले एक एक गोल गरे । खेलको पहिलो हाफमा ३–० को अग्रता दिएको डर्टमन्डले दोस्रो हाफमा थप दुई गोल गरेको थियो ।
खेलको १४ औं मिनेटमा सान्चोले पेनाल्टीमा गोल गर्दै डर्टमन्डलाई अग्रता दिलाएका थिए । ३० औं मिनेटमा बिलिङ्हमले गोल गर्दै डर्टमन्डको अग्रता दोब्बर पारे । उनले थोर्गन हाजार्डको पासमा गोल गरेका थिए । 
खेलको ३८ औं मिनेटमा एमएसभी डुइसबर्ग १० खेलाडीमा समेटिएको थियो । डिफेन्डर भोल्कमेरले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि एमएसभी डुइसबर्ग १० खेलाडीमा समेटिएको थियो । एक मिनेट नबित्दै त्यसको फाइदा उठाउँदै हाजार्डले गोल गर्दै डर्टमन्डलाई ३–० गोलको अग्रता दिलाए । 
५० औं मिनेटमा गिभानी रिनाले गोल गर्दा डर्टमन्ड ४–० ले अगाडि बढ्यो । त्यसको आठ मिनेट नबित्दै मार्कोले गोल गरे । उनले सान्चोको सापमा गोल गर्दै डर्टमन्डलाई ५–० को जित दिलाए ।

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित