कोभिड- १९ [अपडेट]

मल नल्याउने शैलुङ र होनीको कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस

अपन दैनिक संवाददाता
भदौ २९, २०७७ मा प्रकाशित
५६ पटक पढिएको
मल नल्याउने शैलुङ र होनीको कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस

काठमाडौं । समयमै रासायनिक मल आपूर्ति नगर्ने दुई कम्पनीलाई कृषि सामग्री कम्पनी लिमिटेडले कालोसूचीमा राख्न सिफारिस भएको छ।
शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको हानिको मल्टिप्रपोज कम्पनीलाई कालोसूचीमा राख्न सिफरिस गरिएको हो ।
कृषि सामग्री कम्पनी लिमिटेडले शैलुङ इन्टरप्राइजेजसँग वैशाख १२ गते र होनिको मल्टिप्रपोज कम्पनीसँग १५ गते २५र२५ मेट्रिक टन युरिया मल खरिद गर्नका लागि सम्झौता भएपनि तोकिएको समयमा नल्याएपछि कालोसूचीमा राखेर कारवाही गर्नुपरेको प्रबन्ध संचालक नेत्र बहादुर भण्डारीले जानकारी दिए।
सम्झौता गरेर ५० हजार मेट्रिक टन मल नल्याउने दुवै कम्पनीलाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई कृषि सामाग्री कम्पनी लिमिटेडले पत्राचार गरेको हो ।
यस वर्ष साउनमा ल्याउनुपर्ने मल उनीहरुले ल्याउन नसकेपछि उनीहरुसँगको सम्झौता खारेज भएको थियो ।

छापा संस्करण

२०७७ असाेज ५ सोमवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित