कोभिड- १९ [अपडेट]

रगतमा भएको भिटामिन ‘डी’को आधारमा स्वास्थ्यसम्वन्धी भविष्यवाणी गर्न सकिने

एजेन्सी
भदौ २९, २०७७ मा प्रकाशित
१३५ पटक पढिएको
रगतमा भएको भिटामिन ‘डी’को आधारमा स्वास्थ्यसम्वन्धी भविष्यवाणी गर्न सकिने

रगतमा रहेको भिटामिन ‘डी’ को तहका आधारमा स्वास्थ्यको भविष्यवाणी गर्न सकिने एक अध्ययनले निश्कर्ष निकालेको छ।
अध्ययनकर्ताहरूले भिटामिन ‘डी’ को आधारमा कुनै पनि प्राणीको मृत्युको पुर्वानुमान गर्न सकिने समेत दावी गरेका छन् ।
स्वास्थ्यमा आउने भावी चुनौतीलाई पनि भिटामिन ‘डी’को अध्ययनबाट थाहा पाउन सकिने अध्ययनकर्ताहरूको भनाइ छ।  
भावी स्वास्थ्य अवस्था र स्वास्थ्य चुनौतीलाई रगतमा रहेको भिटामिन ‘डी’को अवस्थाका आधारमा भन्न सकिन्छ, अध्ययन प्रतिवेदनमा लेखिएको छ।
भिटामिन ‘डी’को अध्ययनले कुनै पनि व्यक्तिको स्वास्थ्य अवस्थाका बारेमा थप अध्ययन अनुसन्धान गर्न र विवरणहरू पत्ता लगाउन पनि सघाउन पुर्याउने अध्ययनकर्ताहरूले बताएका छन्।
बेल्जियमको फ्युनिभर्सिटी हस्पिटल्स लेउभेन’का डा लिन एन्टोनिओको टोलीले भिटामिन ‘डी’ र स्वास्थ्यको पुर्वानुमानका बारेमा अध्ययन गरेको हो।
अध्ययनमा ४० देखि ७९ वर्षसम्ममा मानिसहरूलाई समावेश गरिएको थियो। उनीहरू माथि सन् २००३ देखि २००५ सम्म अध्ययन गरिएको थियो। अध्ययनमा एक हजार ९७० जना संलग्न भएका थिए।
अध्ययनको नेतृत्वकर्ता डा एन्टोनिओले भने, 'भिटामिन डिको अवस्थाको अध्ययनले तत्कालिन स्वास्थ्य अवस्थादेखि भविष्यमा आउनसक्ने स्वास्थ्य चुनौती र मृत्युसम्मको कुरालाई पनि पुर्वानुमान गर्न सक्ने देखिन्छ।'
उनको टोलीले गरेको अध्ययनको प्रतिवेदन हालै मात्रै तयार भएको हो।
(एएनआई)

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित