मौनता श्रेष्ठको लेखन एवं निर्माण रहेको चलचित्र ‘आँधी तूफान २’को छायाँकन पुनः सुरु गरिएको छ । कोरोनाको दोस्रो लहर सुरु भएसँगै गरिएको निषेधाज्ञाका कारण चलचित्रको छायाँकन बीचमै रोकिएको थियो । आईतबारदेखि चलचित्रको छायाँकन पुनः सुरु गरिएको लेखक एवं निर्माता श्रेष्ठले जानकारी दिए ।

‘१५ प्रतिशत मात्रै छायाँकन गरेपछि निषेधाज्ञाका कारण छायाँकन रोक्नुपरेको थियो’ मौनताले भने, –‘अब छायाँकन पुरा सक्ने तयारीमा साथ निस्किएका हौं ।’ आईतबार काठमाडौंमै छायाँकन गरिएको र सोमबार काभ्रेको धुलिखेल आसपासमा छायाँकन भईरहेको श्रेष्ठले जानकारी दिए ।

भदौंको पहिलो साताभित्र चलचित्रको छायाँकन सक्ने आफूहरुको योजना रहेको श्रेष्ठले बताए । श्रेष्ठका अनुसार स्वास्थ्य सावधानी अपनाउँदै चलचित्रको छायाँकन सुरु गरिएको छ । १४ वर्षअघि महेन्द्र बुढाथोकीको निर्देशनमा तयार भएको ‘आँधी तूफान’को सिरिजका रुपमा ‘आँधी तूफान २’को निर्माण गरिएको हो । चलचित्रलाई मदन घिमिरेले निर्देशन गरिरहेका छन् ।

चलचित्रमा आरती आचार्य, सोनी बिसी, याङसु श्रेष्ठ शीर्ष भूमिकामा छन् । त्यस्तै, रवी गिरी, धु्रव कोईराला, कनिज कोइराला, अनामिका कार्की लगायतको चलचित्रमा अभिनय रहनेछ । एक पात्रको हत्यापछि परिचालित तीन यूवतीको कथामा यो चलचित्र निर्माण भैरहेको छ । चलचित्रको निर्मातामा चक्र घर्तीमगर छन् । चलचित्रमा रामशरण उप्रेतीको छायाँकन, सुरेश अधिकारीको संगीत, कमल राईको नृत्य रहनेछ ।

बैशाख ६ गतेपछि केही चलचित्रको छायांकन सुरु भएपनि कोरोना महामारीको दोश्रो लहरका कारण काम रोकिएको थियो । यसपछि, कुनै पनि चलचित्रको छायांकन पुनः सुचारु हुन सकेको थिएन । ‘आँधी तूफान २’को पहिलो चरणको छायांकन रोकिएको ३ महिनापछि पुनः सुरु गरिएको छ । अब, अन्य चलचित्रका निर्माताहरु पनि बाँकी रहेको छायांकन सुरु गर्ने तयारीमा रहेको वुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!