कोभिड- १९ [अपडेट]

छोराले बन्चरो प्रहार गर्दा आमाको घटनास्थलमै मृत्यु

अपन दैनिक संवाददाता
भदौ २८, २०७७ मा प्रकाशित
५३ पटक पढिएको
छोराले बन्चरो प्रहार गर्दा आमाको घटनास्थलमै मृत्यु

झापा । झापामा आफ्नै छोराले बन्चरो प्रहार गरी आमाको हत्या गरेका छन्।
आइतबार राति आठ बजे कमल गाउँपालिका-७ ठुलो बाह्रघरे बस्ने २४ वर्षीय दिनेश ऋषिदेवले आफ्नै ५० वर्षीया आमा मीरा ऋषिदेवको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक (डिएसपी) राकेश थापाले जानकारी दिए ।
उनका अनुसार दिनेशले मादक पदार्थ सेवन गरी आफ्नी आमा मीराको हत्या गरेका हुन् ।
छोरा दिनेशले आफ्नी आमामाथि बन्चरो र ढुङ्गाले टाउको र खुट्टामा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थापाले बताए ।
डिएसपी थापाका अनुसार दिनेशलाई इलाका प्रहरी कार्यालय दमकको टोलीले नियन्त्रणमा लिएको छ।

छापा संस्करण

२०७७ असाेज ५ सोमवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित