कोभिड- १९ [अपडेट]

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

अपन दैनिक संवाददाता
भदौ २७, २०७७ मा प्रकाशित
८८ पटक पढिएको
लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा । पर्सामा लागूऔषध मुद्दाका फरार एकजना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको पटेर्वासुगौली गाउँपालिका-४ बस्ने ४० वर्षीय शम्भु चौधरी रहेका छन् ।
जिल्ला अदालत पर्साको २०५७ माघ १८ गतेको फैसलाले लागूऔषध मुद्दामा ११ महिना १७ दिन कैद र ५ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका चौधरीलाई ईलाका प्रहरी कार्यालय पटेर्वासुगौली र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनकै गाउँघरमा लुकि बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको छ । चौधरीलाई आवश्यक कार्वाहीको लागि जिल्ला अदालत पर्सामा पेश गरिने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

 

छापा संस्करण

२०७७ असाेज ५ सोमवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित