कोभिड- १९ [अपडेट]

कक्षा १२ का विद्यार्थीको विवरण संकलन गर्दै परीक्षा बोर्ड

अपन दैनिक संवाददाता
भदौ २७, २०७७ मा प्रकाशित
१६३ पटक पढिएको
कक्षा १२ का विद्यार्थीको विवरण संकलन गर्दै परीक्षा बोर्ड

काठमाडौं । कोरोना भाइरस महामारीका कारण परीक्षा रोकिएको बेला राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का विद्यार्थीहरुको विवरण संकलन गर्ने भएको छ ।
बोर्डले परीक्षा आवेदन फाराम भरेका विद्यार्थीहरू महामारीका कारण अध्ययनरत विद्यालय भन्दा फरक जिल्ला वा स्थानमा बसिरहेका छन् वा छैनन भन्ने विवरण संकलन गर्न लागेको हो ।
विद्यार्थीहरूको विवरण सात दिनभित्र बोर्डको प्रदेश वा शाखा कार्यालयमा आइपुग्नु पर्नेछ । कक्षा १२ को परीक्षा आवेदन भरेका र हाल आफू अध्ययनरत विद्यालय भन्दा टाढा रहेका विद्यार्थीले मात्रै हाल बसिरहेको स्थान र आफू बसिरहेको स्थान नजिकको कक्षा १२ पढाई हुने विद्यालय, कोड र ठेगाना सहितको विवरण उपलब्ध गराउनु पर्नेछ ।
कोभिड(१९ का कारण यो वर्ष माध्यमिक शिक्षा परीक्षा ९एसईई० हुन सकेन भने कक्षा ११ को वाषिर्क परीक्षा सम्बन्धित विद्यालयले नै लिने भएको छ । तर शिक्षा ऐन अनुसार कक्षा १२ को परीक्षा स्थगित गर्न नमिल्ने भएको हुनाले वैकल्पिक माध्यमबाट परीक्षा लिने तयारी भईरहेको शिक्षा मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
मन्त्रालय स्रोत भन्छ, ‘यो विवरण संकलन भइसकेपछि परीक्षाको होम सेन्टरबारे पनि निर्णय हुन्छ ।’

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित