प्रसिद्ध मानवअधिकार अभियन्ता स्वामी अग्निवेशको निधन

प्रसिद्ध मानवअधिकार अभियन्ता स्वामी अग्निवेशको निधन

एजेन्सी
भदौ २६, २०७७ मा प्रकाशित
१३५ पटक पढिएको
प्रसिद्ध मानवअधिकार अभियन्ता स्वामी अग्निवेशको निधन

एजेन्सी । प्रसिद्ध आर्य समाजी, मानवअधिकार अभियन्ता स्वामी अग्निवेशको निधन भएको छ । ८१ वर्षीय अग्निवेशको शुक्रबार भारतको राजधानी नयाँदिल्लीस्थित एक अस्पतालमा निधन भएको हो । उनलाई (लिवर) कलेजोमा समस्या देखिएपछि सोमबार अस्पताल भर्ना गरिएको थियो ।
उनको उपचारमा संलग्न चिकित्सकहरुका अनुसार अन्तिममा अग्निवेशका प्रमुख अंगहरुले काम गर्न छोडेपछि भेन्टिलेटरमा राखिएको थियो । चिकित्सकहरुको बचाउने अन्तिम प्रयास विफल भएको थियो । सन् १९३९ सेप्टेम्बर २१ म जन्मिएका अग्निवेश भारतका प्रसिद्ध मानवअधिकार अभिन्यता हुन् । स्वामी अग्निवेशको मुक्तिमोर्चा र विश्वव्यापी आर्य प्रतिष्ठानसभाका कार्यावहाक अध्यक्ष स्वामी आर्यवेशका अनुसार शनिबार बिहान ११ बजेदेखि अपरान्ह २ बजेसम्मको उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि दिल्लीको जन्तरमन्तर रोडस्थित कार्यालयमा राखिनेछ ।
उनले भने– ‘अग्निवेशको पार्थिव शरीर शनिबार साँझ हरियाणाको गुरुग्राम जिल्लाको अग्निलोक आश्रममा दाहसंस्कार गरिनेछ ।’ दक्षिण भारतीय परिवारमा जन्मिएका उनी शुरुमा एक शिक्षक, वकिल, टिभी कार्यक्रम प्रस्तोता हुँदै मानवअधिकार अभियन्ताका रुपमा अघि बढेका थिए । उनले सन् १९७० मा एक राजनीतिक दल आर्य सभा को गठन समेत गरेका थिए । त्यसपछि हरियाणमा निर्माण भएको सरकारमा मन्त्री समेत भएका थिए । उनले बधुवा मजदूरहरुको पक्षमा वकालत गर्दै रुढिवादी र जतियताका विरुद्ध संघर्ष गरेका थिए । 

छापा संस्करण

२०७७ मंसिर २० शनिवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित