कोभिड- १९ [अपडेट]

बजार अनुगमनमा खोई ? (सम्पादकीय)

अपन दैनिक
भदौ २६, २०७७ मा प्रकाशित
११६ पटक पढिएको
बजार अनुगमनमा खोई ? (सम्पादकीय)

कोरोनाको महामारीवीचमा जिल्लामा दैनिक उपभोग्य वस्तुको मूल्यमा भारी वृद्धि भएको छ । खाद्यन्नदेखि सागसब्जीमा उपभोक्ता ठगिन बाध्य भएका छन् । बजारहरुमा कालाबजारी भैरहेको छ । व्यापारीहरु आफू अनुकुल बजार भाउ कायम गरी बिल बिनाको सामग्री बेचविखन गरिरहेको छ । गुणस्तरहीन सामग्री पनि उपभोक्ताले लिन बाध्य परिरहेको अवस्था छ ।
हुनत उपभोक्ता संरक्षण ऐन, २०७५ मा ९ वटा उपभोक्ता अधिकारहरुको व्यवस्था गरेको छ । सहज पहूँचको अधिकार, प्रतिस्पर्धात्मक मूल्यमा वस्तु वा सेवाको छनौट गर्न पाउने अधिकार, वस्तु वा सेवाको मूल्य, परिमाण, शुद्धता, गुणस्तर आदि बारेमा सूचित हुन पाउने अधिकार, दुई वा दुई भन्दा बढि पदार्थको समिश्रणबाट बनेको वा उत्पादित वस्तुमा रहेका त्यस्ता पदार्थको मात्रा, तत्व वा प्रतिशतको बारेमा जानकारी पाउने अधिकार रहेको छ । त्यस्तै मानव जीउ, ज्यान, स्वास्थ्य तथा सम्पत्तिमा हानि पु¥याउने वस्तु तथा सेवाको बिक्री वितरण बाट सुरक्षित हुन पाउने अधिकार, अनुचित व्यापारिक तथा व्यवसायजन्य क्रियाकलाप विरुद्ध उचित कानूनी कारवाही गराउन पाउने अधिकार, वस्तु वा सेवाको प्रयोगबाट भएको हानि, नोक्सानी विरुद्ध क्षतिपूर्ति पाउने अधिकार, उपभोक्ताको हक, हितको संरक्षणका सम्वन्धमा अधिकार प्राप्त अधिकारी वा निकायबाट उपचार पाउने वा सुनुवाई हुने अधिकार र उपभोक्ता शिक्षा पाउने अधिकार उल्लेख ऐनमा गरिएको छ ।
तर पनि निरन्तरको निगरानी र अनुगमन नहुँदा जिल्लामा उपभोक्तालाई ठगिनुको विकल्प छैन् । सरोकारवाला निकायले कोभिडको नाउँमा कानमा तेल हालेर सुतेको छ । उपभोक्ता हकहितको निम्ति घरेलु तथा साना उद्योग कार्यालय, गुणस्तर मापदण्ड कार्यालय, जिल्ला प्रशासन, स्वास्थ्य कार्यालय र स्थानीय तहहरुले निरन्तर रुपमा बजारको अनुगमन निगरानी गर्नुपर्ने हुन्छ । तर निरन्तर अनुगमन नहुँदा बजारमा व्यापारीको एकलौटी राज नै कायम भएको देखिन्छ । 
आकासे पानी र असारे विकास जस्तै अनुगमन हुँदा अखाद्ध बस्तु, वढी मूल्यमा समान किन्नु परेको अहिलेको अवस्थामा विराम लाग्न सकेको छैन् । कोभिडको जोखिमवीच स्थानीय स्तरमा बजार खुल्ने गरेको छ । तर त्यही जोखिमको फाइदा उठाउँदै जाँदा आम उपभोक्ता मार्कामा परेका छन् । यसैले पनि सरोकारवाला निकायले निरन्तरको निगरानी र अनुगमन गरी उपभोक्ताको हितलाई ख्याल गरिदिनु आवश्यक छ ।

Apan Dainik News

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित