ट्रम्पको सम्पत्ति एकै वर्षमा २.५ बिलियनबाट ६ सय मिलियन डलरमा झर्‍यो

ट्रम्पको सम्पत्ति एकै वर्षमा २.५ बिलियनबाट ६ सय मिलियन डलरमा झर्‍यो

एजेन्सी
भदौ २४, २०७७ मा प्रकाशित
१८६ पटक पढिएको
ट्रम्पको सम्पत्ति एकै वर्षमा २.५ बिलियनबाट ६ सय मिलियन डलरमा झर्‍यो

अमेरिकी राष्ट्रपति ट्रम्पका लागि यो वर्ष निकै कष्टकर रह्यो । महाअभियोग र महामारीभन्दा पनि माथि उनको सम्पत्तिमा करिब २० प्रतिशतको कमी आएको छ । उनको सम्पत्ति एकै वर्षमा २.५ बिलियन डलर (२ खर्ब ९३ अर्ब) बाट झरेर ६ सय मिलियन डलर (६० अर्ब) मा झरेको छ । यससँगै उनी द फोर्ब्स ४०० को सूचीमा ३ सय ३९ औं स्थानमा धकेलिएका छन् । गत वर्षभन्दा ६४ स्थान मुनी ।
कोरोनाभाइरसले उनलाई राष्ट्रपति चुनावको प्रतिस्पर्धामा मात्रै चुनौती थपेको छैन यसले उनको लगानी रहेको थुप्रै उद्योगलाई ठूलो धक्का दिएको छ । ठूला कार्यालय भवनको मूल्यमा गिरावट आएको छ । ठूला शहरमा भएका होटलको पनि त्यस्तै हाल छ । डिसी र सिकागोमा रहेको सम्पत्तिमा ट्रम्पको ठूलै ऋण छ । यी दुबै अहिले पानीमुनी रहेको बताइएको छ ।
यसका साथै ट्रम्पको म्यानहटनमा करिब ३५०  पार्किङ स्थल छन् । उनको फ्लोरिडामा मार–ए–लागो क्लब छ र नजिकै तीनवटा ठूला भवन छन् । सामान्य स्थितीमा यसबाट निकै आम्दानी हुने गर्दथ्यो तर न्यूयोर्करहरु शहरबाट धमाधम बाहिर गरिरहेका बेला यहाँको चहलपहल शून्यप्राय छ ।

छापा संस्करण

२०७७ मंसिर ११ बिहिवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित