भारतमा एकैदिन ९० हजार कोरोना संक्रमित थपिए

भारतमा एकैदिन ९० हजार कोरोना संक्रमित थपिए

कूल संक्रमितको संख्या साढे ४३ लाख नाघ्यो

अपन दैनिक संवाददाता
भदौ २४, २०७७ मा प्रकाशित
२२८ पटक पढिएको
भारतमा एकैदिन ९० हजार कोरोना संक्रमित थपिए

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टाभित्र ८९ हजार ८५२ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । सोही अवधिमा त्यहाँ एक हजार १०७ जना संक्रमितले ज्यान गुमाएका छन् ।
वर्ल्डोमिटर्सको तथ्यांकअनुसार भारतमा कूल संक्रमितको संख्या ४३ लाख ६७ हजार ४३६ पुगेको छ। त्यहाँ हालसम्म कोरानाका कारण ७३ हजार ९२३ जनाले ज्यान गुमाइसकेका छन् ।
भारतमा सक्रिय संक्रमितको संख्या आठ लाख ९७ हजार ४८६ रहेको छ । हालसम्म ३३ लाख ९६ हजार २७ जना उपचारपछि निको भएको तथ्यांक छ ।
पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड ७७ लाख १९ हजार २६१ पुगेको छ। हाल सक्रिय संक्रमितको संख्या ७० लाख १२ हजार ३९८ रहेको छ।

छापा संस्करण

२०७७ मंसिर ११ बिहिवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित