स्वर्गिय पत्रकार बानियाँको परिवारलाई ३ लाख ५७ हजार रुपैयाँ सहयोग

स्वर्गिय पत्रकार बानियाँको परिवारलाई ३ लाख ५७ हजार रुपैयाँ सहयोग

अपन दैनिक संवाददाता
भदौ २३, २०७७ मा प्रकाशित
१७५ पटक पढिएको
स्वर्गिय पत्रकार बानियाँको परिवारलाई ३ लाख ५७ हजार रुपैयाँ सहयोग

काठमाडौं । स्वर्गिय पत्रकार बलराम बानियाँको परिवारलाई अमेरिकाको न्युयोर्कबाट राधाकृष्ण देउजाको पहलमा आर्थिक सहयोग संकलन गरिएको छ । संकलित ३ लाख ५७ हजार एक सय ६७ रुपैयाँ उनकी छोरी सुस्मितालाई हस्तान्तरण गरिएको छ ।
गोफण्डमी एकाउण्टमार्फत संकलन गरिएको रकम मंगलबार काठमाडौंमा रहेका पत्रकार टपेन्द्र कार्कीको संयोजनमा परिवारलाई हस्तान्तरण गरिएको छ ।
जीवनभर पत्रकारिताबाहेक कुनै काम नगरेका स्वर्गिय पत्रकार बानियाँको पेशागत इमान्दारिताको सम्मान र सम्झनामा यो अभियान सुरु गरिएको र ३ हजार ५० डलर ९७ सेन्टस जम्मा भएपछि अभियान बन्द गरिएको देउजाले बताए । उनले छोराछोरीको शैक्षिक अवस्थामा आर्थिक कारणले अवरोध आए थप सहयोग जुटाएर पठाउन तयार रहेको समेत बताएका छन् ।
‘म उहाँ र उहाँको परिवारलाई व्यक्तिगत रुपमा चिन्दिन तर इमानदार पत्रकारको रुपमा उहाँका समाचारको म नियमित पाठक थिएँ, उहाँ दिवंगत भएपछि परिवारजनलाई केही सहयोग गर्नुपर्छ भनेर यो सहयोग संकलन गरेको हुँ’, उनले भने, ‘भविष्यमा छोरा छोरीको शिक्षादिक्षामा आर्थिक कारणले अवरोध आएको थाह पाए त्यसमा पनि सकेको सहयोग जुटाउने छु ।’
स्वर्गिय पत्रकार बानियाँकी छोरी सुस्मीताले आफ्नो बुबा बलरामको सहज मृत्यु नभएको स्मरण गराउँदै सरकारले इमान्दापरिपूर्वक छानबिन गरिदिन सरकारसँग अनुरोध गरेकी छन् ।

छापा संस्करण

२०७७ मंसिर ११ बिहिवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित