रुसको लगातार दोस्रो जित

रुसको लगातार दोस्रो जित

एजेन्सी
भदौ २२, २०७७ मा प्रकाशित
१०१ पटक पढिएको
रुसको लगातार दोस्रो जित

एजेन्सी । युईएफए नेसनस लिगअन्तर्गत समूह चरणको दोस्रो खेलमा रुसले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा रुसले हंगेरीलाई ३–२ गोल अन्तरले पराजित गरेको हो । 
हंगेरीको घरेलु मैदानमा भएको खेलमा रुसलाई जित दिलाउन एन्टोन मिरान्चुक, मागोमेद ओजडोयभ र मारियो फर्नान्डेसले एक/एक गोल गरेका हुन् । उता हंगेरीका लागि रोनाल्ड र नेमान्ज निकोलोसले एक–एक गोल फर्काए । 
खेलको १५ औँ मिनेटमा एन्टोनले गोल गर्दै रुसलाई अग्रता दिलाएका थिए । ३३ औं मिनेटमा मागोमेदले गोल गर्दै रुसको अग्रता दोब्बर पारे । पहिलो हाफमा दुई गोल गरेको रुसले दोस्रो हाफमा थप एक गोल गरेको थियो । उता हंगेरीले पनि दोस्रो हाफमा दुई गोल गर्न सफल भएको थियो । 
रुसका लागि खेलको ४६ औं मिनेटमा फर्नान्डेजले गोल गर्दै ३–० गोलको अग्रता दिलाए । त्यसपछि खेलको ६२ औँ मिनेटमा रोनाल्डले गोल गर्दै हंगेरीका लागि केही राहात दिलाए । ७० औँ मिनेटमा निकोलसले हंगेरीका लागि गोल गर्दा पनि टिमको हारलाई टार्न भने सकेनन् । 
जितसँगै समूह जीको रुसले दुई खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा आफूलाई स्थापित गरेको छ । दोस्रो स्थानमा रहेको हंगेरीको ३ अंक छ ।  
 

छापा संस्करण

२०७७ मंसिर १० बुधवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित