कोरोना अपडेटः विश्वभर ८ लाख ७९ हजार बढीको मृत्यु

कोरोना अपडेटः विश्वभर ८ लाख ७९ हजार बढीको मृत्यु

एजेन्सी
भदौ २०, २०७७ मा प्रकाशित
२०७ पटक पढिएको
कोरोना अपडेटः विश्वभर ८ लाख ७९ हजार बढीको मृत्यु

विश्वभरी कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट आठ लाख ७९ हजार ३६९ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) शनिबार दिएको जानकारी अनुसार विश्वभरी अहिलेसम्म दुई करोड ६८ लाख १६ हजार ८८७ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । यद्यपी विश्वमा कोरोना भाइरसबाट संक्रमित एक करोड ८९ लाख २३ हजार ६६६ व्यक्ति कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् ।
हाल विश्वमा ७० लाख १३ हजार ८५२ व्यक्ति कोरोना भाइरस संक्रमित रहेकाले उनीहरुको उपचार भइरहेको पनि सो संगठनले जानकारी दिएको छ । संक्रमितहरु मध्ये ६० हजार ९१० जनाको अवस्था गम्भीर रहेको जनाएको छ । बाँकीको अवस्था भने सामान्य रहेको डब्लुएचओले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ । 
चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।   
कोरोना भाइरसबाट अन्त्यत प्रभावित दश ओटा देशहरुको डब्लुएचओद्वारा प्रकाशित तथ्याङ्क निम्नानुसार रहेको छ  ।
अमेरिकामा ६३ लाख ८९ हजार ४१३ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यहाँ ३६ लाख ३६ हजार  २७२ जना कोरोनामुक्त भएका छन् भने १ लाख ९२ हजार १३२ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
ब्राजिलमा ४० लाख ९१ हजार ८०१ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ ३२ लाख ७८ हजार २४३ जना कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख २५ हजार ५८४ जनाको मृत्यु भएको छ । 
भारतमा ४० लाख २७ हजार ७१८ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ ३१ लाख सात हजार ४५३ कोरोना भाइरस मुक्त भएका छन् भने ६९ हजार ६६८ जनाको मृत्यु भएको छ । 
रुसमा १० लाख २० हजार ३१० जना कोरोना भाइरस संक्रमित रहेका छन भने ८ लाख ३८ हजार १२६ कोरोना भाइरस मुक्त भएका छन् । रुसमा अहिलेसम्म १७ हजार ७५९ जनाको मृत्यु भएको छ । 
पेरुमा ६ लाख ७६ हजार ८४८ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ४ लाख ९८ हजार ७७१ जना कोरोना भाइरस मुक्त भएका छन् भने २९ हजार ५५४ जनाको मृत्यु भएको छ ।
कोलम्बिया ६ लाख ५० हजार ६२ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ४ लाख ९८हजार  २२१ जना कोरोना भाइरस मुक्त भएका छन् भने २० हजार ८८८ जनाको मृत्यु भएको छ । 
दक्षिण अफ्रिकामा ६ लाख  ३५ हजार ७८ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ५ लाख ५७ हजार ८१८ कोरोना भाइरस मुक्त भएका छन् भने १४ हजार ६७८ जनाको मृत्यु भएको छ । 
मेक्सिकोमा ६ लाख २३ हजार ९० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ४ लाख  ३४ हजार ६६७ कोरोना भाइरस मुक्त भएका छन्  भने ६६ हजार ८१४ जनाको मृत्यु भएको छ । 
स्पेनमा ५ लाख १७ हजार ११३ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २९ हजार ४१८ जनाको मृत्यु भएको छ । यहाँ तीन लाख ३१ हजार ६२१ जना सङ्क्रमणमुक्त भएका छन् । 
अर्जेन्टिना ४ लाख ६१ हजार ८८२ जनामा कोरोना भाइरसको सङ्क्रमण रहेको छ । यहाँ ३ लाख ९१ हजार  २४८ जना कोरोना भाइरस मुक्त भएका छन् भने ९ हजार ६२३ जनाको मृत्यु भएको छ । - एएफपी

छापा संस्करण

२०७७ मंसिर १० बुधवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित