सिरहा अपडेट: खेतमा पानी हाल्ने निहुँमा झगडा, ३ प्रहरीसहित दर्जनौं घाइते

सिरहा अपडेट: खेतमा पानी हाल्ने निहुँमा झगडा, ३ प्रहरीसहित दर्जनौं घाइते

अपन दैनिक संवाददाता
भदौ २०, २०७७ मा प्रकाशित
८०७७ पटक पढिएको
सिरहा अपडेट: खेतमा पानी हाल्ने निहुँमा झगडा, ३ प्रहरीसहित दर्जनौं घाइते

सिरहा । यहाँको एक गाउँपालिकामा धान खेतमा पानी हाल्न नदिए पछि दुई पक्षबीच झगडा भएको छ । सिरहाको बरियारपट्टि गाउँपालिकाको वडा नम्बर १ कचनारीमा धानमा पानी हाल्ने विषयलाई लिएर भएको विवादले उग्ररुप लिएपछि ३ प्रहरी सहित दर्जनौं व्यक्ति घाइते भएका छन् ।
शुक्रबार राती करीब ९ बजे स्थानीय रामनाथ यादव र बिजय यादवबीच धानमा पानी पठाउने विषयलाई लिएर भएको विवादले उग्ररूप लिएपछि झगडा भएको हो । स्थानीय अजय यादवको खेतमा रहेको बोरिङ मा विद्युतबाट चल्ने पानी तान्ने मोटरबाट धान खेतमा पानी पहिले कसले हाल्ने भन्ने विषयमा विवादले झगडाको रुप लिएको थियो । मोटर, २ बोरिङ र जग्गा भने स्थानीय अजय चौधरीको हो ।
दुई जना बीचको पुरानो रिसइवीका कारण झगडा भएको स्थानीयले बताएका छन् । खेतमा पानी हाल्ने निहुँ मात्रै भएको स्थानीयको भनाइ छ । झगडामा घाइते हुनेमा दिनेश कुमार यादव भगतको १० टाँका लगाउनु परेको छ भने श्याम कुमार भगतलाई ४ र मिथिलेश यादव लाई ३ टाँका लगाइएका छन् । सिरहा सदरमुकामको सरकारी अस्पतालमा उपचार गरिउको छ । 
उता १० जनाको एक समुहले स्थानीय राज कुमार यादवकी श्रीमती स्वस्तिका कुमारी गिरी यादवलाई बोक्सीको आरोपमा कुटपिट गरेको पीडितले बताएका छन् । शान्ति सुरक्षाको लागि भन्दै घटनास्थल पुगेका नेपाल प्रहरीका दुई जवान पनि जवान र बोडर चेक पोस्ट कचनारी सशस्त्र प्रहरीका इन्स्पेकटर सुर्य धमलासमेत घाइते भएका छन् । घाइते भएका प्रहरी जवानको परिचय भने खुलाइउको छैन् ।
घटनामा संलग्न रहेको आरोपमा एक युवालाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीको थुनुवा गृहमा राखिएको छ । युवालाई छानबिनका पक्राउ गरिएको इन्स्पेकटर अरबिन साहले जानकारी दिनुभयो ।

छापा संस्करण

२०७७ कार्तिक १४ शुक्रवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित