कोभिड- १९ [अपडेट]

कलाकार फाइनल गर्दै निर्देशक, तर सुटिङ कहिलेबाट ?

अपन दैनिक संवाददाता
भदौ १९, २०७७ मा प्रकाशित
९५ पटक पढिएको
कलाकार फाइनल गर्दै निर्देशक, तर सुटिङ कहिलेबाट ?

पहिलो चरणको लकडाउन खुलेपछि धेरै निर्माता तथा निर्देशकले भदौबाट चलचित्रको छायांकन सुरु हुने घोषणा नै गरिदिए । अधिकांशले आफूले भदौबाट चलचित्रको छायांकन सुरु गर्ने योजना बनाएको बताइरहँदा हल संचालकहरु पनि भदौको अन्तिमबाट हल खोल्न सकिने योजनामा थिए ।
तर, पहिलो चरणको लकडाउन खुलेसँगै कोरोना संक्रमित बढेपछि निर्देशक र हलवालाको योजना सफल हुन सकेन । अहिले भदौबाट चलचित्रको छायांकन सुरु गर्छौ भन्ने निर्माताहरु चुप लागेर बसेको अवस्था छ । धेरैलाई त यो बर्ष नै छायांकनमा फर्किन पाइदैन कि भन्ने पिर पर्न थालेको छ ।
पहिलो चरणको लकडाउन खुलेर केही काम अगाडि बढेपछि धेरै निर्देशकले भने नयाँ चलचित्रको लागि धमाधम कलाकार फाइनल गरे । निर्देशक सौरभ चौधरीले चलचित्र ‘प्रसाद २’का लागि नायक विपिन कार्की र नायिका नम्रता श्रेष्ठलाई फाइनल गरे । कलाकारसँग कागजी संझौता नै भएपनि यो चलचित्रको छायांकन कहिलेबाट सुरु हुन्छ टुंगो छैन ।
यस्तै, निर्देशक दिपेन्द्र के खनालले चलचित्र ‘चिसो मान्छे’ निर्माणको घोषणा मात्र गरेनन्, नायिकाको रुपमा स्वस्तिमा खड्कालाई फाइनल नै गरे । नायकको रुपमा अर्पण थापा चलचित्रमा फाइनल भएको चर्चा छ । सुदुरपश्चिममा यो चलचित्रको छायांकन हुनेछ । तर, कलाकार फाइनल गरेर बसेको निर्माणपक्षलाई काम कहिलेबाट सुरु हुन्छ थाहा छैन ।
निर्देशक यम थापाले आफ्नो नयाँ चलचित्रका लागि नायिका स्वस्तिमा खड्कासँग संझौता नै गरे । चलचित्रको छायांकन असोजबाट गर्ने योजना उनको छ । तर, कलाकार फाइनल गरेर बसेका उनलाई काम कहिलेबाट सुरु हुन्छ थाहा छैन ।
निर्माता रोज राणाले चलचित्र ‘खलनायक २’का लागि केही कलाकार फाइनल गरेको बताइरहेका छन् । कतिपय चलचित्रका निर्माताले सुरुवाती लकडाउन अगाडि नै कलाकार फाइनल गरेर चलचित्र घोषणा गरेका थिए भने कतिपयले दोश्रो चरणको लकडाउन सुरु हुनुभन्दा अगाडि कलाकार धमाधम फाइनल गरिरहेका छन् । तर, काम सुरु कहिलेबाट हुन्छ, भन्न सकिने अवस्था छैन ।
यसरी, कलाकार धमाधम फाइनल हुँदा अब के हुन्छ भनेर अन्यौलमा बसेका चलचित्रकर्मीलाई एक प्रकारले उर्जा भने दिन्छ ।

 

छापा संस्करण

२०७७ असाेज ५ सोमवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित