कोभिड- १९ [अपडेट]

एनसेलले ल्यायो ‘नन्स्टप’ अफर

अपन दैनिक संवाददाता
भदौ १८, २०७७ मा प्रकाशित
७५३ पटक पढिएको
एनसेलले ल्यायो ‘नन्स्टप’ अफर

काठमाडौं । एनसेल आजियाटा लिमिटेड एनसेलले ‘नन्स्टप’ अफरहरुको योजना ल्याएको छ। यस योजनाअन्तर्गत ग्राहकले युट्युब, टिकटक र फेसबुक नन्स्टप चलाउन बोनस डेटा पाउने छन्।
हाल संचालनमा रहेको नन्स्टप युट्युब प्लस अफरमा कम्पनीले थप सुविधा दिएको हो। यी ननस्टप अफरहरु बिहीबारदेखि संचालनमा आएको कम्पनीले बताएको छ। ‘प्लस’ थिमले ग्राहक जुनसुकै ठाउँमा भएपनि सेवाको पहुँच पुर्याउने कम्पनीको उद्देश्य छ।
कुनै ग्राहकले ७ दिनको नन्स्टप टिकटक प्याक १०० (कर सहित रु १२७.६९) रुपैयाँमा सुचारु गरेमा एक हप्ताभरी नन्स्टप चलाउन सक्छन्।
यो प्याक लिँदा अन्य प्रयोजनका लागि इन्टरनेट चलाउन थप ४ जिबी डेटा बोनस पाउने छन्।
यसैगरी, नन्स्टप युट्युब प्याकअनुसार ग्राहकले २५ (कर सहित ३१.९२) रुपैयाँमा १ दिनका लागि चलाउन सक्छन्।
ग्राहकले ४ जीबी बोनस डेटा सहितको ७ दिनको समयसिमा रहेको युट्युब वा फेसबुकको कम्बो प्याक १५० (कर सहित रु १९१.५४) रुपैयाँ मा सुचारु गर्नसक्ने भएका छन्।
साथै ग्राहकले ३० दिनको समयावधि रहेको ६ जीबी बोनस डेटा सहितको नन्स्टप युट्युब प्याक ३ सय ६० (कर सहित ४५९.६८)मा किन्न सक्छन्। बोनस डेटा ग्राहकले अन्य कुनै प्रयोजनका लागि प्रयोग गर्न सक्छन् ।
७ दिन वा ३० दिनको नन्स्टप प्याक किन्ने ग्राहकका लागि थप योजना पनि रहेको कम्पनीको भनाइ छ।
ग्राहकले यी नन्स्टप प्याक सुचारु गरपछि हरेक दिन ५०० एमबीको दरले ७ दिन सम्म मात्र २० ९कर सहित मात्र २५४० रुपैयाँमा ३५०० एमबी थप डेटाको पाउनेछन् । उक्त डेटा ग्राहकले फेसबुक, टिकटक वा युट्युब चलाउन प्रयोग सक्छन् ।
एनसेलका फोरजी ग्राहकले ८१७१२३८१३ डायल गरी उक्त अपर पाउन सक्छन्। ग्राहकले एनसेल एप तथा डिजिटल बालेट सेवा प्रदायकहरुः खल्ती, युनिपे, ईसेवा वा प्रभुपे मार्फत पनि प्याक लिनसक्ने कम्पनीले बताएको छ।

छापा संस्करण

२०७७ असाेज ५ सोमवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित