सम्पादकीय
पौष ९, २०७७ मा प्रकाशित
४५७ पटक पढिएको
सिरहा जिल्लामा १७ स्थानीय सरकारले सक्ता संचालन गरिरहेको छ । संविधान प्रदत अधिकार, स्थानीय सरकार संचालन ऐन, २०७४, नियामावलीका आधारमा स्थानीय तह संचालन हुनुपर्ने हो र हुँदै पनि आएको छ ।

राजनीतिक शून्यताका कारणले करिब दुई दशक देशमा स्थानीय सरकारको अभावमा कर्मचारी केन्द्रित गाउँ विकास कार्यालय, नगरपालिका र जिल्ला विकास कार्यालयहरु संचालनमा रहेका थिए । त्यस कालखण्डमा तात्कालिन कतिपय गाविसका सचिव, कर्मचारी भूतिगत संगठनहरुको निशाना बनेका थिए । कतै चन्दा आतंकका नाउँमा त कतै जनतालाई सेवा प्रवाहमा भोग्नु परेको कठिनाई र ढिलासुस्ती हटाउनको नाउँमा सचिव र कर्मचारीहरु आक्रमणमा परेका थिए ।

संविधान जारी भएपछि देशमा तीन तहको संरकार सक्रिय रहेका बेला पनि पूरानै अवस्थाको पुनरावृति हुने गरेको पाईन्छ । खासगरी जनतासँग प्रत्यक्ष जोडिएको स्थानीय सरकारबाट प्रदान गरिने सेवा सुविधाका सबालमा प्रश्न उठ्ने र आक्रमण हुने घटनाहरुमा निकै वढेको छ । कतै निर्वाचित जनप्रतिनिधी नै यस्ता आक्रमणमा पर्ने गरेको छ भने कतै कर्मचारीहरु ।

पछिल्लो समय सिरहाको विभिन्न स्थानीय तहमा लक्षित गरी भूमिगत समूहबाट चेतावनी स्वरुप बम राख्ने काम गरेको पाईन्छ । जसको पछिल्लो उदाहरण सुखिपुर नगरपालिका कार्यालयमा राखिएको प्रेसर कुकर बमलाई लिन सकिन्छ । जनतान्त्रिक मुक्ति मोर्चा गोईत समूहको बम राख्नुको कारण पनि खुलाएको छ । सार्वजनिक संस्थामा बम राख्नु र विष्फोट हुँदा ठूलो मानवीय र भौतिक क्षति हुने सम्भावनालाई नकार्न सकिन्छ । यो एक प्रकारको अपराध कर्म हो । त्यससँगै बम राख्नुको कारण पनि उत्तिकै महत्वपूर्ण छ ।

जनताले सेवा लिन पुग्दा कर्मचारीवाट अपमानित हुनु, लज्जित हुनुपर्ने, ढिलासुस्तीले तनावमा बाँच्नुपर्ने बाध्यतालाई हटाउन बम चेतावनी स्वरुप राखिएको मोर्चाको विज्ञप्तीमा जनाएको छ । यसले स्थानीय सरकारका कर्मचारीतन्त्रको मनोपोलीको संकेत गरेको छ । वाढी, शितलहर, आगलागी, कोरोनोको जोखिम झेल्दै आएका देहातका जनतालाई स्थानीय सरकारका कर्मचारीले दुरव्र्यवहार गर्नु निन्दनीय कार्य हो । यस प्रकारको घटनाको विषयमा सुखिपुर नगरपालिकाले पनि सुक्ष्म तरिकारले छानबीन थाल्नुपर्छ र दोषी कर्मचारीलाई कारबाहीको दायरामा ल्याउनु जरुरी छ ।

आफ्नो सेवा प्रवाहलाई चुस्तदुरुस्त र सहज बनाउन सुखिपुर नगरपालिकाले हरसम्भव प्रयत्न गर्नु पर्छ । यस विषयमा मौनता साध्नु भोलिका दिनमा थप जटिलता निम्त्याउन सक्ने तर्फ नगरपालिकाका निर्वाचित जनप्रतिनिधी गम्भीर बन्नु आवश्यक छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!