सिरहा । सिरहामा दुुई मोटरसाईकल एक आपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ । सिरहा चोहर्वा सडक खण्ड अन्तर्गत सिरहा नगरपालिका ११ भलुवाही नजिकै मोटरसाईकल ठोक्किएर दुई जनाको मृत्यु भएको छ । चोहर्वावाट सिरहा आउँदै गरेको स ४ प ४६१० मोटरसाईकल वुधवार साँझ चोहर्वातर्फ जाँदै गरेको स ४ प ७९२१ नम्बरको मोटररसाईकल ठोक्किएको हो । स ४ प ७९२१ नम्बरका मोटरसाईकल चालक सिरहाको धनगढीमाई नगरपालिका १० का ५१ वर्षिय दिपक कुमार पंजियारको उपचारको क्रममा सिरहा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । स ४ प ४६१० नम्बरको मोटरसाईककल चालक सिरहा नगरपालिका ९ गुलरीयाका ३५ वर्षिय सिल्टु ठाकुरकोे थप उपचारको लागि लहान तर्फ लैजादै गर्दा बाटोेमै मृत्यु जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । त्यही मोटरसाईकल पछाडी बसेका सिरहा नगरपालिका ९ गुलरीयाका ३५ वर्षिय जितेन्द्र महरा भन्ने शिव कुमार महरा गम्भीर घाईते रहेको र गाोलबजारको भुमिजा अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित