कोभिड- १९ [अपडेट]

एक सय ४२ यात्रुकाे रकम फिर्ता गर्न एअर अरेबियालाई निर्देशन

अपन दैनिक संवाददाता
भदौ १७, २०७७ मा प्रकाशित
१२० पटक पढिएको
 एक सय ४२ यात्रुकाे रकम फिर्ता गर्न एअर अरेबियालाई निर्देशन

काठमाण्डौ । सरकारले एअर अरेबियालाई यात्रुको रकम फिर्ता गर्न निर्देशन दिएको छ । आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले २५ अगस्टमा १६१ यात्रु लिएर यूएईको शारजाहबाट काठमाण्डौ आएकामध्ये १४२ जना यात्रुको रकम फिर्ता गराउन निर्देशन दिनुभएको हो ।
मन्त्रालयमा बुधबार नियमित उडानहरुको भाडा दर र चार्टर्ड उडानको गुनासोको सम्बन्धमा बसेको बैठकमा पर्यटन मन्त्री भट्टराईले  यात्रुको रकम फिर्ता गर्न एअर अरेबियालाई निर्देशन दिनुभएको पर्यटन मन्त्रीको निजी सचिवालयले जनाएको छ ।
एअर अरेबियाले १४२ जना पीसीआर गरेको, १८ जनाको आरडीटी गरेको र एक जनाको परीक्षण नगरेको यात्रु ल्याएर सबैलाई होटल क्वरेण्टीनमा राखेपछि त्यसबापतको रकम फिर्ता गराउन मातहतका निकायलाई पर्यटन मन्त्रीले निर्देशन दिनुभएको हो । मन्त्री भट्टराईले सबै यात्रुबाट होटल खर्च उठाएको तर पछि यात्रुले नै तिरेको गुनासो आएपछि तुरुन्तै रकम फिर्ता गराउन र  फिर्ता नगरे कारबाही गर्नसमेत निर्देशन दिनुभयो ।
अन्तर्राष्ट्रिय नियमित उडानहरु महँगो भएको गुनासो आएपछि मन्त्री भट्टराईले नेपाल वायु सेवा निगमका र हिमालय एअरलाइन्सको उडान भएको सेक्टरमा वायु सेवा निगमले तय गरेको भाडादर अनुसार उडान गराउन विदेशी एअरलाइन्सलाई उडान अनुमति दिन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिनुभयो ।
मन्त्री भट्टराईले टिकटमा ट्राभल्स एजेन्सीले अनियन्त्रित रुपमा कालोबजारी गरेको गुनासो आएपछि एअरलाइन्सले नियन्त्रण गर्नुपर्ने धारणा राख्दै अनुगमन तथा सहजीकरणका लागि विदेशी कुटनीतिक नियोग, गैरआवासीय नेपाली सङ्घ (एनआएन) लाई आग्रह गर्नुपर्ने धारणा राख्नुभयो । 

 

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित