कोभिड- १९ [अपडेट]

कमला दोहनमा शक्तिवाला

अपन दैनिक
भदौ १५, २०७७ मा प्रकाशित
१२९ पटक पढिएको
कमला दोहनमा शक्तिवाला

अहिले खेतमा पानी नहुँदा धानबाली फस्टाउने हो कि नाई भनेर कृषकहरु चिन्तित छ । कोरोना कहरका बीच कृषकहरु चुनौती मोलेरै भएपनि धानबाली लगाएका छन् । आकाशे पानीको भरमा जिल्लामा धान खेती हुँदै आएको छ । कमला नहर पूर्वी सिचाई प्रणाली अन्र्तगतका क्षेत्रमा पानी सिंचाईको लागि पुगेपनि जिल्लाको अधिकांस कृषियोग्य जमिन वर्षाकै पानीको भर पर्नुपर्ने बाध्यता छ । 
वातावरणमा आएको बदलावसँगै वर्षाको नियमितता टुटेको छ । असारदेखि असोजसम्म नदीजन्य सामग्री उत्खनन्मा रोक्ने गरिन्छ । तर यो क्रम रोकिदैन् । नदीजन्य सामग्री रोक्नुपर्ने समयमा पनि ढुङा, बालुवा माफियाहरु र क्रसर व्यवसायीहरुको स्थानीय जनप्रतिनिधी र प्रहरीसंगको मिलोमतोमा निरन्तरता पाईरहेको छ । 
सिरहा र धनुषाको सिमा जोड्ने कमला नदिमा यस्तै प्रकृतिका दोहन भैरहेको छ । बालुवा, गिट्टी रोक्ने बेलामा स्थानीय प्रहरी र जनप्रतिनिधीको मिलोमतोमा कमला नदीबाट अहिले पनि दोहन भैरहेको छ । स–साना बालबालिका लगाएर कमलाको बन्दिपुर व्यारेज नजिकै ढुङा संकलन गराउने गरेको र रातीको समयमा ट्रयाक्टरमा ओसार्ने गरेको छ । 
प्रहरीको आँखामा छारो हालेर यस प्रकारको दोहन सम्भव छैन् । नजिकै ईलाका प्रहरी कार्यालय बन्दिपुर छ । तर पनि कमलाबाट नदीजन्य सामग्री स्थानीय जनप्रतिनिधी, शक्तिवालाहरुको पहुँचमा दोहन भैरहेको छ । यता दोहनका विरोधमा स्थानीय युवाहरु उत्रेका छन् । त्यो सकारात्मक संकेत हो । यस्तै अवैध दोहनका कारण वातावरणमा असर पारिरहेको छ । जसको नकारात्मक प्रभाव कृषि क्षेत्रमा देखिन्छ । पानी पर्नुपर्ने बेला सुख्खा हुन्छ र सुख्खा हुनेबेला हावाहुरीको जोमिख आईपुग्ने गर्छ ।
कमला नदिमा शक्तिवालाको पहुँचमा भैरहेको दोहन रोक्न मुख्य सरोकारवाला निकाय अगाडी आउने बेला हो । दोहनमा संलग्नलाई कारबाही हुनुपर्छ । झन् स्थानीय कर्जन्हा नगरपालिका ३ का वडा अध्यक्ष कपलेश्वर यादवकै संलग्नताको कुरा आईसकेको छ । यसले गर्दा पनि सरोकारवाल निकायले यस विषयलाई गम्भीरतापूर्वक रुपमा लिई छानबीन गर्नुपर्छ र दोषी शक्तिवाला भएपनि कारबाहीबाट चुक्नु हुन्न् ।

Apan Dainik News

छापा संस्करण

२०७७ असाेज ५ सोमवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित