कोभिड- १९ [अपडेट]

आज ४ सय ८० जना यात्रु नेपाल आए, ४२ जना बाहिरिए

अपन दैनिक संवाददाता
भदौ १४, २०७७ मा प्रकाशित
१४१ पटक पढिएको
आज ४ सय ८० जना यात्रु नेपाल आए, ४२ जना बाहिरिए

काठमाडौं । पाँचौ चरणको उद्धार उडानका दौरान आइतबार काठमाडौंमा कुल ८ उडान-अवतरण भए । ती उडानबाट कुल ४ सय ८० जना यात्रु नेपाल आएका छन् ।
४२ जना यात्रु भने नेपालबाट विदेश उडेका छन् । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार भूटानको डु्रक एयरले १ बच्चासहित १० यात्रुलाई काठमाडौंबाट भुटान लगेको छ ।
नेपाल एयरलाइन्सले मलेसियाबाट एक सय ५१ जना यात्रुलाई काठमाडौं ल्याएको छ । हिमालय एयरलाइन्सले भने क्वालालाम्पुरबाट १५६ जनालाई ल्याएको छ । आज मलेसियाबाटै मालिन्दो एयरले एक सय ७३ जनालाई काठमाडौं ल्याएको छ ।
त्रिभुवन विमानस्थलका अनुसार हिमालय एयरलाइन्सको जहाजले एक वटा शवसमेत ल्याएको छ । श्री एयरलाइन्सले आज ३२ जना यात्रुलाई थाइल्याण्ड उडाएको छ । यो जहाज नेपाल आउँदा एउटा शव ल्याएर आएको छ ।
आइतबार नै हिमालयको जहाजले कुनमिङबाट कार्गो उडान गरेको छ । हिमालय र नेपाल एयरलाइन्सको जहाज आज क्रमशः अबुधावी र दुबईका लागि उड्दैछ । यी जहाज सोमबार र्फकने छन् । आइतबार आन्तरिकतर्फ सिम्रिकले डोल्पाबाट ३ यात्रुलाई काठमाडौं लयाएको छ ।
३ यात्रु बोकेर कैलास हेली मुस्ताङ उडेको छ । सीता एयरले १५ यात्रुलाई नेपालगन्ज लगेको छ । सिम्रिकका दुई हेली नेपालगन्ज र बुटवलका लागि उडेका छन् । मनाङको एक हेलीसमेत बुटवल गएको विमानस्थलको तथ्यांकमा उल्लेख छ ।

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित