जर्मनीमा कोभिड नियन्त्रणका लागि लगाइएको प्रतिबन्धको विरोधमा प्रदर्शन

जर्मनीमा कोभिड नियन्त्रणका लागि लगाइएको प्रतिबन्धको विरोधमा प्रदर्शन

अपन दैनिक संवाददाता
भदौ १४, २०७७ मा प्रकाशित
११७ पटक पढिएको
जर्मनीमा कोभिड नियन्त्रणका लागि लगाइएको प्रतिबन्धको विरोधमा प्रदर्शन

काठमाण्डौ । जर्मनीको राजधानी बर्लिनमा कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि लगाइएको प्रतिबन्धको विरोधमा हजारौँ मानिसहरुले प्रदर्शन गरेका छन् ।
सरकारले लगाएको मास्क लगाउने वा अनुहार ढाक्नुपर्ने नियम स्वतन्त्रता विरोधी रहेको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् । 
प्रदर्शनको क्रममा बर्लिनको ब्रेडनवर्ग गेटमा हजारौँ मानिसको भिड देखिएका छन् । प्रदर्शनमा सहभागी केहीले मात्र  मास्क लगाएका थिए । साथै उनीहरुले भौतिक दूरीको नियमसमेत पालना गरेका थिएनन् । 
प्रदर्शनकारीलाई प्रहरीले लकडाउनको नियम उल्लङ्घन नगर्न आग्रह गरे पनि प्रदर्शनकारीले प्रहरीमाथि नै ढुङ्गा प्रहार गरेका थिए । प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएको थियो । 
प्रदर्शनमा सहभागी झण्डै २ सय जनालाई पक्राउ गरी हिरासतमा राखिएको छ । प्रदर्शनमा ३० हजारभन्दा धेरै मानिस सहभागी भएका थिए । जर्मनी पनि कोरोनाबाट अत्यन्तै प्रभावित देश हो । 
जर्मनमा अप्रिल महिनाबाट सामाजिक दूरी कायम गर्नुपर्ने नियम लागू गरिएको थियो । तर पछिल्ला दिनमा  संक्रमण बढ्दै गएपछि  कडा नियम लागू भएको हो । 
जर्मन चान्सलर एञ्जेला मर्केलले सार्वजनिक ठाउँमा मास्क नलगाउनेलाई ५० पाउन्ड जरिवानाको घोषणा गर्नुभएको छ  ।

श्रोत : बीबीसी

छापा संस्करण

२०७७ मंसिर २० शनिवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित