कोभिड- १९ [अपडेट]

नेता वामदेव गौतमको गीत ‘यो बुद्धभूमि’

अपन दैनिक संवाददाता
भदौ १२, २०७७ मा प्रकाशित
१३५ पटक पढिएको
नेता वामदेव गौतमको गीत ‘यो बुद्धभूमि’

काठमाडौँ ।  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम राजनीतिसँगै लेखनमा उतिकै रुचि राख्नुहुन्छ । फुर्सदका समयमा राष्ट्रियभावले ओतप्रोत गीत लेख्ने गर्नुभएका उहाँले पछिल्लो पटक ‘यो मुक्तभूमि हो, बुद्धभूमि’ बोलको गीत रचना गरेका हुन् । कोभिड– १९ का कारण यो ‘बुद्धभूमि’ नामक गीत आज भर्चुअलरुपमा सार्वजनिक भएको छ । गौतमको गीतमा शम्भुजीत बाँस्कोटाको सङ्गीत र रोशनराज गुरुङ, माण्डवी त्रिपाठी, अञ्जना गुरुङलगायतको स्वर छ । गीतका प्रस्तुतकर्ता हरिशदेव गौतम र छायाङ्कनकर्ता दीर्घ गुरुङ हुनुहुन्छ । गीतमा नेपालको प्राकृतिक सुन्दरता, शान्तिका दूत गौतम बुद्ध र नेपाली कलासंस्कृतिका बारेमा वर्णन गरिएको छ । नेपालीलाई गीतले एकतामा रहन र देशप्रति माया गर्न प्रेरणा मिल्ने विश्वास नेता गौतमको छ । उपाध्यक्ष गौतमले अहिलेसम्म ४३ गीत रचना गरिसक्नुभएको छ । उहाँले आफ्ना ती गीतलाई सङ्कलन गरी गीतिसङ्ग्रह ‘मेरो गीतियात्रा’ पनि प्रकाशनमा ल्याउनुभएको छ । उहाँका ती गीत राष्ट्रियभावले भरिएका छन् । त्यसलगायत कला, सांस्कृतिक, सामाजिक र आर्थिक उन्नतिका लागि पनि उहाँका गीतले सन्देश दिएका छन् । जनआन्दोलन २०६२/०६३ पछि राजतन्त्रको अन्त्यसँगै उदय भएको गणतन्त्रको शुरुआतमा पुरानो राष्ट्रिय गीतलाई फालेर नयाँ राष्ट्रिय गीतको विकल्प खोज्ने क्रममा गीतको छनोट गर्ने जिम्मा लिएको समितिलाई गौतमद्वारा रचित ‘प्राण प्यारो देश नेपाल’ पठाइएको थियो । “जनआन्दोलनपछि परिवर्तित सन्दर्भमा उक्त राष्ट्रिय गीतको विकल्प खोजियो । नयाँ राष्ट्रिय गान चयनका निम्ति खुला प्रतिष्पर्धाका लागि आह्वान भयो”, उहाँले भन्नुभयो, “मैले पनि आफूले रचना गरेको गीत पठाएँ तर उक्त गीत उत्कृष्ट सातभित्र पनि परेन । त्यही गीत मेरो गीतियात्राको प्रारम्भ बन्न पुग्यो ।” त्यसो त उहाँ आफूमा जीवनको प्रारम्भकालदेखि नै छन्द कविता र गीति लेखनमा रुचि रहेको बताउनुहुन्छ । विद्यालयस्तरदेखि नै गीतसङ्गीत र कवितामा रुचि राखेको बताउने गौतमले जीवनको उत्तरार्धमा आफ्नो चाहना पूरा भएको जनाकारी दिनुहुन्छ । “विद्यालयमा प्रत्येक शुक्रबार आयोजना हुने साहित्यिक कार्यक्रममध्ये अधिकांशमा मेरो सहभागिता हुने गरेको थियो”, उहाँ भन्नुहुन्छ, “तर त्यसबेला मैले के र कस्ता विषयमा कविता लेखेँ वा वाचन गरेँ, त्यसबारे कुनै सम्झना छैन ।”

छापा संस्करण

२०७७ असाेज ५ सोमवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित