ट्रम्पले विपक्षी बाइडनले अमेरिकाको सपना चकनाचुर पार्छन्

ट्रम्पले विपक्षी बाइडनले अमेरिकाको सपना चकनाचुर पार्छन्

अपन दैनिक संवाददाता
भदौ १२, २०७७ मा प्रकाशित
१३४ पटक पढिएको
ट्रम्पले विपक्षी बाइडनले अमेरिकाको सपना चकनाचुर पार्छन्

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विपक्षी उम्मेदवार जो बाइडनले आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा जित हासिल गरे उनले अमेरिकाको सपना चकनाचुर पार्ने बताएका छन् ।
राष्ट्रपतीय निर्वाचनको प्रचारमा रहेका ट्रम्पले रिपब्लिकन पार्टीको सम्मेलनमा बोल्दै विपक्षीले जित हात पारे हिंस्रक अराजकता बढ्ने बताएका हुन् ।
अमेरिकामा राष्ट्रपतिको निर्वाचनको मिति आउन अब ६८ दिन बाँकी छ । यस्तोमा अहिले बाइडन ट्रम्पभन्दा केही अगाडि रहेको मत सर्वेक्षणले देखाएको छ । बिहीबार रिपब्लिकनको सम्मेलनमा बोल्दै ट्रम्पले अबको चार वर्ष आफूलाई नै राष्ट्रपतिको रुपमा निरन्तरता दिन आग्रह गरे ।
उनले आगामी दिनमा अमेरिकी अर्थतन्त्रलाई तहसनहस पारेको कोरोना भाइरसको महामारी र अफ्रिकी अमेरिकी नागरिक मारिएपछि सुरु भएको अशान्तिलाई शान्त पार्ने वाचा गरे ।
ट्रम्पले आगामी निर्वाचनले अमेरिकको सपना बचाउने वा नबचाउने निर्क्योल गर्ने बताएका छन् ।
स्रोत :बीबीसी

छापा संस्करण

२०७७ मंसिर ११ बिहिवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: apa[email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित