भारतमा एकैदिन कोरोनाका कारण १ हजार ९२ जनाको मृत्यु

भारतमा एकैदिन कोरोनाका कारण १ हजार ९२ जनाको मृत्यु

अपन दैनिक
भदौ ३, २०७७ मा प्रकाशित
२०१ पटक पढिएको
भारतमा एकैदिन कोरोनाका कारण १ हजार ९२ जनाको मृत्यु

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप एक हजार ९२ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ५२ हजार ८ सय ८९ पुगेको छ ।
त्यस्तै अहिलेसम्म भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या पनि २७ लाख ६७ हजार २ सय ७४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका ६४ हजार ५ सय ३१ नयाँ संक्रमित फेला परेका हुन् । भारतमा अहिलेसम्म कोरोना भाइरसका २० लाख ३७ हजार ८ सय ७१ संक्रमित डिस्चार्ज वा निको भइसकेका छन् ।
कोरोना भाइरसका संक्रमित संख्याको आधारमा भारत विश्वको तेस्रो सबैभन्दा प्रभावित मुलुक हो । अमेरिका कोरोना भाइरसबाट सबैभन्दा प्रभावित मुलुक हो भने दोस्रो स्थानमा ब्राजिल छ ।
स्रोत : एएनआई

छापा संस्करण

२०७७ मंसिर १० बुधवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित