रुस : कोरोनाविरुद्धको खोप उत्पादन, प्रत्येक महिना ५० लाख डोज उत्पादन गर्ने लक्ष्य

रुस : कोरोनाविरुद्धको खोप उत्पादन, प्रत्येक महिना ५० लाख डोज उत्पादन गर्ने लक्ष्य

अपन दैनिक
श्रावण ३२, २०७७ मा प्रकाशित
४१३ पटक पढिएको
रुस : कोरोनाविरुद्धको खोप उत्पादन, प्रत्येक महिना ५० लाख डोज उत्पादन गर्ने लक्ष्य

काठमाडौं । रुसले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोपको ठूलो परिमाणको उत्पादन शुरु गरेको छ । रुसको स्वास्थ्य मन्त्रालयले शनिबार कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोपको उत्पादन सुरु भएको जानकारी दिएको छ । यद्यपि त्यसको केही समयपछि इन्टरफेक्स न्युज एजेन्सीले स्वास्थ्य मन्त्रालयका अधिकारीलाई उद्धृत गर्दै रुसले पहिलो ब्याचको खोप बनाइसकेको उल्लेख गरेको छ ।
केही वैज्ञानिकहरुले रुसले राष्ट्रिय प्रतिष्ठालाई महत्व दिँदै स्वास्थ्य र सुरक्षामा भने कम प्राथमिकता दिएको भन्दै रुसको खोपमा आशंका व्यक्त गर्दै आएका छन् । रुसले भने उनीहरुको आरोप निराधार रहेको प्रतिक्रिया दिएको छ ।
विश्वभर कोरोना भाइरसविरुद्धको खोप निर्माणको दौड चलिरहेको अवस्थामा रुसले पहिलो कोरोनाविरुद्धको खोप बनाएको घोषणा गरेको हो । रुसले यो खोप यस महिनाको अन्तिममा बजारमा आउने बताएको छ ।
यो खोपलाई रुसले तेस्रो चरणको क्लिनिकल परीक्षण शुरु गर्नुभन्दा पहिला नै अनुमति दिएको हो । यो चरणको परीक्षण कुनै पनि खोपको लागि निकै महत्वपूर्ण मानिन्छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यो खोप सुरक्षित रहेको बताएका छन् । उनले यो खोप पूर्णरुपमा सुरक्षित रहेको र आफ्नी छोरीले पनि यो खोप लगाएको बताएका थिए ।
इन्टरफेक्सका अनुसार यो खोप निर्माण गर्ने कम्पनी गामालेया इन्स्टिच्युटले रुसले डिसेम्बर-जनवरीसम्म प्रतिमहिना ५० लाख डोज खोप उत्पादन गर्न सक्ने बताएको छ ।
अहिले अमेरिका, ब्राजिल र भारत कोरोना भाइरसबाट सबैभन्दा प्रभावित मुलुक हुन् । अमेरिका र ब्राजिलले भने रुसले निर्माण गरेको खोप प्रयोग गर्न अस्वीकार गरिसकेका छन् ।
स्रोत : बीबीसी

छापा संस्करण

२०७७ मंसिर ११ बिहिवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित