युएईमा ५ महिनामा १ सय १० नेपालीको निधन

युएईमा ५ महिनामा १ सय १० नेपालीको निधन

अपन दैनिक
श्रावण २९, २०७७ मा प्रकाशित
१७० पटक पढिएको
युएईमा ५ महिनामा १ सय १० नेपालीको निधन

 युएई । युएईमा पछिल्लो ५ महिनाको अवधिमा १ सय १० जना नेपालीको मृत्यु भएको छ । ११ मार्चयता यति ठूलो संख्यामा नेपालीले ज्यान गुमाएको आबुधाबी स्थित नेपाली दूतावासको तथ्यांक छ ।
ज्यान गुमाउनेमा ५ जना महिला छन् । प्राकृतिक मृत्युवरण, आत्महत्या, हत्या, कोरोना संक्रमण र दुर्घटनाबाट उनीहरुको मृत्यु भएको दूतावासले बुधबार जारी गरेको सूचनामा उल्लेख छ ।
कोरोनाका कारण १ जना महिलासहित ३६ जना नेपालीले युएईमा ज्यान गुमाएका छन् । कोरोनाका कारण ज्यान गुमाउने ३६ जना र अन्य कारणले ज्यान गुमाएका समेत गरी ६९ जनाकोे शव युएईमै अन्त्येष्टि गरिएको छ ।
दूतावासको सिफारिसमा नेपालमा रहेका परिवारको स्वीकृतिपछि स्थानीय प्रशासनको समन्वयमा शवलाई युएईमै अन्त्येष्टि गरिएको हो । कोरोना बाहेकका कारण ज्यान गुमाएकाहरुको शव लामो समयसम्म यहीँ अड्किएको र हवाई उडान ठप्प भएपछि यहीँ रहेका आफन्तले अन्तिम संस्कार गरेका हुन् ।
यस क्रममा २६ वटा शव भने नेपाल पठाइएको छ । ४ वटा शव नेपाल पठाउने क्रममा छ । ११ वटा शवको भने विस्तृत रिपोर्ट प्राप्त भइनसकेको दूतावासले जनाएको छ ।

छापा संस्करण

२०७७ मंसिर १० बुधवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित