भारतमा कोरोना भाइरसका कारण मृत्यु, ४६ हजार भन्दा बढी

भारतमा कोरोना भाइरसका कारण मृत्यु, ४६ हजार भन्दा बढी

अपन दैनिक
श्रावण २८, २०७७ मा प्रकाशित
१२६ पटक पढिएको
भारतमा कोरोना भाइरसका कारण मृत्यु, ४६ हजार भन्दा बढी

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९)का कारण मृत्यु हुनेको संख्या ४६ हजार भन्दा बढी भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसका कारण ४६ हजार ९१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसबाट ८ सय ३४ जनाको मृत्यु भएको हो ।
त्यस्तै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २३ लाख नाघेको छ । अहिलेसम्म भारतमा कोरोना भाइरसबाट २३ लाख २९ हजार ६ सय ३८ जना संक्रमित भइसकेका छन् । पछिल्लो २४ घण्टामा मात्र भारतमा ६० हजार ९ सय ६३ नयाँ संक्रमित फेला परेका हुन् । भारतमा अहिलेसमम्कै सबैभन्दा धेरै संक्रमित महाराष्ट्रमा देखिएका छन् । महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसका ५ लाख ३५ हजारभन्दा धेरै संक्रमित फेला परिसकेका छन् ।
अहिलेसम्म भारतमा कोरोना भाइरसका १६ लाख ३९ हजार ५ सय ९९ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।

छापा संस्करण

२०७७ मंसिर ११ बिहिवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित