सिरहामा कोरोनाबाट पहिलो युवाको मृत्यु

सिरहामा कोरोनाबाट पहिलो युवाको मृत्यु

अपन दैनिक
श्रावण २३, २०७७ मा प्रकाशित
११२४० पटक पढिएको
सिरहामा कोरोनाबाट पहिलो युवाको मृत्यु

सिरहा । सिरहाको गोलबजार नगरपालिका–१२ बेतौनाका उत्तिम लाल महतोको २२ वर्षीय छोरा अशोक महतोको कोरोनाबाट मृत्यु भएको छ । किडनीका बिरामी उनको बिहिबार राति धरानस्थित बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले जानकारी दिएका छन् । किनडीका बिरामी उनको नियमित डायलासिस प्रदेशिक अस्पताल जनकपुरमा हुँदै थियो । चार दिनअघि डायलासिसका लागि जनकपुर पुगेका उनको पिसिआर परीक्षणका लागि स्वाब लिएर घर पठाएको थियो । घर फर्केपछि साउन २१ गत्ते दिउँसो उनको रिपोर्ट पोजेटिभ आएको थियो । सोही दिन उनलाई प्रादेशिक कोभिड अस्पताल जनकपुर पठाइएको थियो ।
प्रदेशिक कोभिड अस्पालका संयोजक डा. जामुन प्रसाद सिंहका अनुसार किडनीको नियमित डायलासिस गराइउँदै आएका सात जना बिरामीमा कोरोना पोजेटिभ पुष्टि भएको छ । उनीहरु सबैलाई डायलासिस गराउन यहाँबाट बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याउने र डायलासिस पछि एम्बुलेन्समा फेरी यहाँ ल्याउने गरिँदै आएको डा. सिंहले बताए । सोही क्रममा उनलाई बिहिबार बिहान एम्बुलेन्समा राखेर डायलासिसका लागि धरान पठाइएको थियो । डायलासिस भएपछि उनको स्वास्थ्य अवस्था बिग्रिदै गयो । आइसियुमा थप उपचार हुँदै गर्दा उनको मृत्यु भएको डा. सिंहले बताए । किडनीका बिरामीलाई कोरोना संक्रमण भयो भने उच्च जोखिम हुन्छ डा. सिंहले भने, ‘बांकी ६ जना कोरोना संक्रमित किडनीका बिरामीलाई पनि उच्च जोखिम छ । हामी नियमित धरान पुर्याउने ल्याउने गरिरहेका छौं ।’
कोरोना संक्रमित किडनीका बिरामीका लागि जनकपुरमा डायलासिसको सेवा उपलब्ध छैन । यो सेवा संचालनका लागि मेसिन खरिद गरिसकिएको छ डा. सिंहले भने ।,‘काम सुरु भैसकेको छ । दुई सातापछि यो सेवा प्रादेशिक कोभिड अस्पतालबाटै उपलब्ध हुन्छ ।’
बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट शव वाहन गाडीले गोलवजार स्थित गागन खोलासम्म ल्याइ उक्त शव वाहन गाडी फिर्ता भएको र शवलाई व्यवस्थापन गर्न शेरगण चोहर्वाबाट खटिएका सह सेनानी गोविन्द बहादुर गुरुङ्खबाट शव व्यवस्थापन गरिएको जानकारी दिएका छन् ।

छापा संस्करण

२०७७ कार्तिक १४ शुक्रवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित