‘विदेशमा कोरोनाबाट यो साता १ जना नेपालीको मृत्यु’

‘विदेशमा कोरोनाबाट यो साता १ जना नेपालीको मृत्यु’

अपन दैनिक
श्रावण ११, २०७७ मा प्रकाशित
८५ पटक पढिएको
‘विदेशमा कोरोनाबाट यो साता १ जना नेपालीको मृत्यु’

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणका कारण विदेशमा यो साता थप १ जना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । एनआरएनएअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता यूकेमा १ जना नेपालीको मृत्यु भएको हो ।
एनआरएनएको स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार शनिबार साँझसम्म विदेशमा मात्रै कोरोनाबाट मृत्यु हुने नेपालीहरुको संख्या १६१ पुगेको छ । नेपालमा मृत्यु भएका ४५ जनालाई जोड्दा कूल मृतकको संख्या २०६ हुन्छ ।
एनआरएनएको स्वास्थ्य समितिका अनुसार ३६ मुलुकमा २९ हजार २४३ जना नेपालीहरु कोरोना संक्रमणमुक्त भएका छन् ।
अघिल्लो साता अफ्रिकी मुलुकमा कोरोना भाइरसबाट संक्रमित नेपालीमध्ये अधिकांश संक्रमणमुक्त भएपनि यो साता त्यहाँ संक्रमणदर केही बढेको एनआरएनएले जनाएको छ । यस्तै यूएई, कतार, कुवेत र साउदी अरबमा रहेका नेपालीमा पनि यो साता संक्रमण बढेको छ ।
यसैबीच स्वास्थ्य समितिले सार्वजनिक स्थलमा जाँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्नसमेत सुझाएको छ ।

छापा संस्करण

२०७७ मंसिर १० बुधवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित