तिन साता नबित्दै भत्कियो २८ लाखको लाइनिङ प्यानल

तिन साता नबित्दै भत्कियो २८ लाखको लाइनिङ प्यानल

अपन दैनिक
श्रावण १०, २०७७ मा प्रकाशित
६९४ पटक पढिएको
तिन साता नबित्दै भत्कियो २८ लाखको लाइनिङ प्यानल

सिरहा । कमला सिंचाई व्यवस्थापन कार्यालय पोर्ताहा, धनुषा अन्तर्गत सिरहाको बिष्णुपुर गाउँपालिका स्थित कटनियामा लाइनिङ प्यानल मर्मत गरिएको तिन साता नबित्दै भत्किएको छ । 
कमिसनको खेलमा कमसल निर्माण हुँदा सिराहाको विष्णुपुर गाउँपालिका– १ रजोखर नजिकै रहेको कटनियामा लाइनिङ प्यानल भत्किएको हो । कमसल निर्माण हुँदा पानीको बहाबले गर्दा १० मिटर लम्बाइको प्यानल भत्किएको छ ।
रजोखरी जलउपभोक्ता संस्था मार्फत २८ लाखको लागतमा असार १३ गतेदेखि निर्माण कार्य सुरु गरेको उपभोक्ता समितिले असार २१ मा काम सम्पन्न गरेको कमला सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुख विजय कुमार गामीले बताए ।

Kamala division development office Siraha_dhnusha
काममा कुनै कमि कमजोरी नभएको हो । तर, कार्यालय मार्फत चौकीदारीमा काम गर्ने ८ जना कामदारहरुको लापरवाहीका कारण लाइन प्यानल मर्मत भएको भत्किएको र उनीहरुलाई कार्यालयमा बोलाएर सबैको एक÷एक महिनाको तलब कट्टा गरी मर्मत गर्ने उनले बताए ।
उक्त प्यानल असारको अन्त तिर कमिसनको लेनदेनको खेलमा मर्मत गरिएकोले तिन साता नपुग्दै मर्मत गरिएको प्यानल भत्किएको स्थानीय सत्य नारायण यादवले बताए । 
निर्माण व्यवसायी मार्फत रजोखरी जल उपभोक्त संस्थाका पदाधीकारीहरुले कमला सिंचाई व्यवस्थापन कार्यालय, पोतर्हाका प्रमुख विनय कुमार गामीको मेलोमतोमा गुणन्तरहिन सामग्रिको प्रयोग गरी कार्य सम्पन्न गरिएको ले भत्किएको उनले बताए । तसर्थ कमसल निर्माणका दोषीलाई कारबाही हुनुपर्छ उनले माग गरे ।
रजोखरी जल उपभोक्ता संस्थाका पदाधिकारीहरु सित सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

तिन साता नबित्दै भत्कियो २८ लाखको लाइनिङ प्यानल

कमला सिंचाई व्यवस्थापन कार्यालय पोर्ताहा, धनुषा अन्तर्गत सिरहाको बिष्णुपुर गाउँपालिका स्थित कटनियामा लाइनिङ प्यानल मर्मत गरिएको तिन साता नबित्दै भत्किएको छ । कमिसनको खेलमा कमसल निर्माण हुँदा सिराहाको विष्णुपुर गाउँपालिका– १ रजोखर नजिकै रहेको कटनियामा लाइनिङ प्यानल भत्किएको हो । कमसल निर्माण हुँदा पानीको बहाबले गर्दा १० मिटर लम्बाइको प्यानल भत्किएको छ । रजोखरी जलउपभोक्ता संस्था मार्फत २८ लाखको लागतमा असार १३ गतेदेखि निर्माण कार्य सुरु गरेको उपभोक्ता समितिले असार २१ मा काम सम्पन्न गरेको कमला सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुख विजय कुमार गामीले बताए ।

Posted by Apan Dainik - अपन दैनिक पत्रिका सिरहा on Saturday, July 25, 2020

छापा संस्करण

२०७७ मंसिर १९ शुक्रवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित